मिस नेवा पोखरा ११३६ को अन्तिम प्रतिस्पर्धा शनिबार

पोखरा, ५ चैत्र /नेवाः खल, कास्कीको आयोजनामा हुन लागेको छैठौ मिस नेवाः पोखरा नेपाल संवत ११३६ कोे तयारी पुरा भएको । मिस नेवाः पोखरा ११३६ का लागि १९ जना नेवारी समुदायका युवतीले प्रतिस्पर्धा गर्दैछन । सहभागि प्रतियोगिहरुलाई बिभिन्न जीवनपयोगी तालिम प्रदान गरिएको प्रतियोगिता संयोजक सुविन्द्र श्रेष्ठले जानकारी दिए।

चैत्र ६ गते शनिबार पोखरा सभागृहमा हुने अन्तिम प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुमा भैरबटोलका करिस्मा शाई, रामबजारका सन्ध्या श्रेष्ठ, सुवि तण्डुकार, सुरक्षा तझ्या र मौनता कर्माचार्य, हेम्जाका ज्योती श्रेष्ठ, पृथ्बीचोकका सेलिका श्रेष्ठ र एनी श्रेष्ठ, रानीपौवाका अनिशा तझ्या, सुस्मा श्रेष्ठ र सन्जु श्रेष्ठ रहेका छन् । यसैगरि मोहोरिया टोलका अस्मिता बज्राचार्य, एलिशा जोशी, सिंहनाथटोलका श्रेंयका प्रधान, सृजनाचोकका सदिक्षा मल्ल, बगरका निशा श्रेष्ठ, लामाचौरका रोजिना श्रेष्ठ र तनहँु डुमे्रका अस्मिता श्रेष्ठ, मालेपाटनका दिपिका श्रेष्ठ रहेका छन् ।

कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले मौलिक नेवा संस्कृति, भाषा, भेषभुषा, कला, रहनसहन आदिको संरक्षण र सम्बद्र्धन गर्दै नेवाः समुदायका अविबाहित युवतीहरुलाई यस बारे अवगत गराउने र उनीहरुलाई यो कार्यक्रम मार्फत आफ्नो सक्षमता र आत्मबिश्वासको अभिबृद्धि गर्ने उद्धेश्यले नेवा खल कास्कीले यस कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

उनले प्रतियोगितामा सहभागि हुने प्रतियोगीहरुलाई करिब १ महिनाको बिभिन्न किसिमका तालिम प्रदान गरि आफ्नो नेतृत्व र ब्यक्तित्व सक्षमतालाई उजागर गर्ने अवसर प्रदान गर्नु, यस कार्यक्रम मार्फत नेवा समुदायलाई पहिचान स्थापित गर्न एकताबद्ध गराउनु, यस कार्यक्रममा हुने आर्थिक गतिबिधीबाट नेवा खलले गर्ने सांस्कृतिक जागरणको अभियान र भौतिक संरचना निर्माणको लागि टेवा पुर्याउनु नै मिस नेवा पोखरा नेपाल संवत ११३६ को प्रमुख लक्ष्य रहेको बताए । सहभागीहरुलाई नेवारी मौलिक संस्कृति बारे जानकारी गराउने उद्धेश्यले काठमाण्डौ, बुङ्गमति, ललितपुर र भक्तपुरको साँस्कृतिक भ्रमणमा लगिएको थियो ।

अहिले सम्म टाइटलका लागि ट्यालेण्ट सो, मौलिक भेषभुषामा फोटोसेसन, प्रि जजिङ्ग जस्ता कार्यहरु सम्पन्न भइसकेका छन । मिस नेवाः पोखरा ११३६ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्ने छन् । यसैगरि बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस, बेस्ट नेवारी ल्याङ्गवेज टाइटलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...