मिस नेपाल २०१७ को अडिसन पोखरामा हुने

पोखरा २० चैत्र/बहुचर्चित ब्युटि कन्टेस्ट मिस नेपाल २०१७ को अडिसन पोखरामा हुने भएको छ । मिस नेपाल आयोजक संस्था हिडन ट्रेजर र मिस नेपाल २०१५ को बिजेता इभाना मानन्धरको उपस्थितीमा पोखराको वाटर फ्रन्ट रिसोर्ट लेकसाइडमा आगामी चैत्र ३१ गते अर्थात १३ अप्रिल २०१७ का दिन बिहान ९ बजेदेखि १२ ः ३० बजे सम्म हुने अडिसन हुने भएको हो ।

उक्त अडिसनमा भाग लिन चाहनेले शैक्षिक योग्यता प्लस टु वा सो सरह उतीर्ण, ५ फुट ४ इन्च उचाइ, हाल सालै खिचेको एक प्रति पासपोर्ट साइजको र एउटा फुल साइजको फोटो तथा आफ्नो वायोडाटाको साथमा अडिसन कार्यक्रममा सहभागी हुन सक्नेछन ।

मिस नेपाल २०१७ को पोखरामा हुने अडिसन राउण्डको सहकार्यको रुपमा पोखरामा रहेको पुरानो संस्था पोखरा जेसिसले गर्ने पोखरा जेसिसका अध्यक्ष शिव कोइरालाले जानकारी दिए ।जसले वर्षौ देखि मिस पोखराको आयोजना गर्दै आइरहेको छ । पोखरामा हुने मिस नेपाल २०१७ अडिसन राउण्डको लागी पोखरा लेखनाथमा रहेका विभिन्न क्याम्पसहरुमा यो कार्यक्रमको बारेमा जानकारी दिइने आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।

अडिसन सम्पर्कको लागी पोखरा जेसिसका अध्यक्ष शिव कोइराला, कार्यक्रम संयोजक सन्तोष शाही, मिनराज खडका तथा पोखरा जेसिसको कार्यालयमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । इच्छुक सहभागीहरुले कार्यक्रम स्थल वाटर फ्रन्ट रिसोर्टमा सिधै सम्पर्क गर्न सक्ने जनाएको छ । यसको बिस्तृत जानकारीको लागी मिस नेपालको वेवसाइट www.missnepal.com बाट फर्म भर्न सकिने छ ।

 

कमेन्टहरु
Loading...