पोखरामा भदौ २७ देखि ‘वृहत शैक्षिक मेला’

पोखरा, १७ भदौ/उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा वृहत शैक्षिक मेला हुने भएको छ । बिग एफएमको प्रस्तुतीमा ईभेन्ट म्यानेजमेन्ट कम्पनी ‘वान अप’ले यो पटक पोखरामा शैक्षिक मेलाको आयोजना गरेको हो । पोखरा सभागृहमा भदौको २७ देखि ३० गतेसम्म शैक्षिक मेला चल्ने आयोजकले जानकारी दिएको छ ।

पोखरामा भदौ २७ देखि ‘वृहत शैक्षिक मेला’
पोखरामा भदौ २७ देखि ‘वृहत शैक्षिक मेला’

वैदेशिक अध्ययनका लागि जान चाहने पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरुलाई सहि परामर्श दिने उद्देश्यले मेलाको आयोजना भएको वान अप कम्यूनिकेशनका प्रमुख कार्यकारी अधिकृत रवि झाले बताए । ‘यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने लहर चलेको छ ।’झाले भने–‘वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरु र उनीहरुको अभिभावकलाई उचित परामर्श आवश्यक रहेकोले हामीले त्यसको पुर्ती गर्नका लागि मेलाको आयोजना गरेका हौँ ।’ मेला अवधिभर पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता उल्लेख्य रहने आयोजकको अपेक्षा छ ।

धेरै शैक्षिक परामर्श केन्द्रहरु एकै स्थानमा रहेर परामर्श दिने भएकोले विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक तथा राष्ट्रिय शिक्षाको बारेमा जानकारी लिन निकै सजिलो हुने आयोजकले बताएको छ । यसअघि यस्तै प्रकृतिको शैक्षिक मेला शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले पनि गरिसकेको छ ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता हुने आयोजकले बताएको छ ।

शैक्षिक मेलामा ३६ वटा स्टल रहनेछन् । तीन दिने मेलामा विद्यार्थीहरुले देशी तथा विदेशी थुप्रै कलेज तथा यूनिभर्सिटीको बारेमा परामर्श लिन सक्नेछन् । त्यो सँगै आयोजकले मेला अवलोकन गर्न आउने विद्यार्थीहरुलाई विभिन्न खाले गिफ्ट ह्याम्परको समेत व्यवस्था गरेको छ । हात खाली नजाने गिफ्ट ह्याम्परसँगै अवलोकनकर्ताहरुमध्ये एक जनालाई बम्पर उपहारस्वरुप लक्की ड्रमार्फत ल्यापटप उपलब्ध गराउने आयोजकले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।

कमेन्टहरु
Loading...