एक सय पर्यटकीय गन्तव्यमा परेपछि मौजा होम स्टेमा उत्साह

श्याम राना
पोखरा, २९ कात्तिक / अहिलेको पोखरा महानगरपालिका वडा नम्बर २० साबिकको मौजा गाउँ विकास समिति पोखरा महानगरपालिका भित्रै भए पनि विकासका पूर्वाधारले भने खासै छोएको छैन ।

पर्यटकीय सम्भाव्यताले भरिपूर्ण भएर पनि गाउँ गुमनाम थियो । पछि, स्थानीयकै सक्रियतामा ‘होम स्टे’ सञ्चालन गर्ने अवधारणा बन्यो । स्थानीहरु गाउँको विकास साथै पर्यटक तान्न कम्मर कसे । र, सञ्चालनको तयारीमा छ ‘मौजा होम स्टे’ । होमस्टेको तयार नभए पनि गाउँमा फाट्ट फुट्ट पर्यटक झुल्किन थाली सकेका छन् ।

रोचक प्रसगं त के छ भने पोखरा महानगरपालिकाभित्र रहेर पनि गुमनाम रहेको गाउँ एकाएक चर्चामा आएको छ । देश विदेशमा सोही गाउँको चासो बढेको छ । चुुलिएको छ । कारण हालसालै मात्र नेपाल सरकारले सार्वजनिक गरेको १ सय पर्यटकीय गन्तव्यमध्येमा ‘मौजा होम स्टे’ ले पनि आफ्नो नाम दर्ता गर्न सफल भएको छ ।

अहिले मौजालाई हेर्ने दृष्टिकोण फेरिएको छ । १ सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल भएपछि गाउँमा हर्षोल्लास छाएको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङ बताउँछन् । ‘एकदमै खुसि छौ,’ गुरुङ भन्छन् । पर्यटकीय गन्तव्यभित्र पर्न सफल भए पनि चुनौति पनि धेरै रहेको उनको ठम्याई छ । ‘हाम्रो अघि धेरै चुनौति खडा भएका छन्,’ भन्छन्, ‘यो साखलाई जोगाई राख्नु त्यति सजिलो छैन ।’ पहिलेदेखि चर्चामा रहेका होम स्टे सिरुबारी, ल्वाङ घलेलबाट पनि धेरै कुरा सिक्नु पर्ने उनको धारण थियो ।

गाउँमै पाइने टिपिकल चिज

नै पर्यटक तान्न प्रयोगमा ल्याउने गाउँलेको योजना छ । ‘गाउँमा उब्जनी गरेको गोलभेडा, सागपात, कुखुरा, गाउँको संस्कृति झल्काउँने झाँकी, भजनलाई मुख्य आकर्षण बनाउँने योजना छ,’ उनले भने । ‘मौजा’ बसाई लम्ब्याउन साथै पर्यटक लोभ्याउँन फुट ट्रयाक निमार्ण हुन लागेको उनले जानकारी दिए ।

‘भर्खरै कोइका भन्ने कोरियन संस्थाले सम्भाव्यताको अध्ययन गरेर गएको छ,’ उनले भने, ‘पोखराको पर्यटकीय संस्था नाटासँग सहकार्यमा निमार्ण हुने छ ।’ यसले मौजाको पर्यटनलाई ठुलो टेवा पु¥याउँने मौजा बासिले बिश्वास लिएका छन् । फुट ट्रयाक बनेपछि माँदी गाउँपालिको सिमाना हुँदै २ दिनमा पोखरा फिर्न सकिन्छ ।

यो सँग सँगै गण्डकी प्रदेश सरकार पनि मौजा होम स्टे लाई सकारात्मक रुपमा हेरेको उनले सुनाए । ‘मौजाकै रोटरी क्लबसँगको समन्वयमा होम स्टे प्रर्वद्धनको लागि लगानी गर्ने कुरा अगाडि बढेको छ,’ उनले भने ।

कमेन्टहरु
Loading...