मट्टीखान माउण्टेन भ्यू रिसोर्टको सञ्चालनमा

मट्टीखान (कास्की), ८ फागुन/कास्कीको पर्यटकीय महत्व बोकेको पोखरा–२४, मट्टीखानमा मट्टीखान माउण्टेन भ्यू रिसोर्ट सञ्चालनमा आएको छ ।

मट्टीखान माउण्टेन भ्यू रिसोर्टको सञ्चालनमा
मट्टीखान माउण्टेन भ्यू रिसोर्टको सञ्चालनमा

रिसोर्टको शनिबार औपचारिक रूपमा शुभारम्भ गर्दै व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रविन्द्र अधिकारीले मट्टीखानको पर्यटन प्रवद्र्धनमा रिसोर्टले महत्वपूर्ण टेवा पुग्ने विस्वास व्यक्त गरे । अधिकारीले मट्टीखानको विकासका लागि आफूले सधैं प्राथमिकतामा राखेको बताउँदै पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले मट्टीखानमा रहेको खानेपानी समस्याको समाधान गर्न तत्कालका लागि स्थानीय स्रोतको खोजी गर्नुपर्नेमा जोड दिँदै रिसोर्टको सफलताको शुभकामना दिए । रिसोर्टका अध्यक्ष सोम गुरुङले अवकाश प्राप्त सैनिक तथा कर्मचारीहरूको बसोबास रहेको मट्टीखानको पर्यटन प्रवद्र्धन गर्न रिसोर्ट सञ्चालनमा ल्याएको जनाउँदै स्थानीय र आगन्तुक पर्यटकका लागि सुविधायुक्त सेवा प्रदान गर्ने विश्वास दिलाए ।

मट्टीखानका १६ जना स्थानीयको पाँच करोडको लगानीमा स्थापित सो रिसोर्टमा होम स्टे अवधारणा अनुसार १० वटा सुविधासम्पन्न कोठाहरू रहेको अध्यक्ष गुरुङले जानकारी दिए । रिसोर्टमा अर्गानिक तथा स्थानीय उत्पादनका परिकारलाई प्राथमिकता दिइनेछ भने स्थानीय कर्मचारी कार्यरत रहेका छन् ।

कमेन्टहरु
Loading...