तलब बृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका कर्मचारी धर्नामा

सागर राज तिमिल्सिना
पोखरा, २६ भाद्र/तलब बृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरुले धर्ना दिएका छन् । मणिपाल स्वास्थ्य संघ युनियनको अगुवाईमा भएको धर्ना कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ११ बजेसम्म दिएका थिए । १७ सुत्रीय माग राख्दै पटक पटक मणिपाल प्रशारणसँग आग्रह गर्दा पनि अस्पताल प्रशासनले कर्मचारीका माग सुनुवाई नगरेको भन्दै आजदेखि धर्ना बसेको युनियनका अध्यक्ष रेशम जि.सी.ले बताए ।manipal
यस अगाडि हातमा कालो पट्टि बाधेर काम गर्दा पनि प्रशासनले नसुनेको भन्दै अब कडा आन्दोलनका कार्यक्रमका साथ अगाडि बढ्ने बताए । अस्पतालको बैरङ्ग सेवा बन्द हुन पुगेको थियो । मणिपाल अस्पतालमा ७ सय कर्मचारीहरु कार्यरक्त रहेका छन् । सरकारले कर्मचारीको तलब बृद्धि गरेपछि सोही बराबर मणिपालको कर्मचारीहरुको पनि तलब बढ्नु पर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।
 

कमेन्टहरु
Loading...