विवेकशील साझाको गण्डकी प्रदेश संयोजक महेश भण्डारी

पोखरा, ९ कात्तिक / विवेकशील साझा पार्टीले गण्डकी प्रदेशको संयोजकमा महेश भण्डारीलाई जिम्मेवारी दिएको छ । शनिबार पार्टीले आयोजना गर्ने बृहत नागरिक सम्बोधन मार्फत भण्डारीलाई संयोजकको दिम्मा दिने भएको छ ।

भण्डारीले पोखरामा व्यवसाय र मिडिया सञ्चालकका रुपमा काम गर्दै आएका छन् । प्रदेश संयोजक घोषणा कार्यक्रम एवं नागरिक सम्बोधन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार हुनेछ ।

कार्यक्रममा विवेकशील साझाका संयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापा सहित केन्द्रीय नेताहरु केशव दाहाल, डा.सुर्यराज आचार्य, रञ्जु दर्शना लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कमेन्टहरु
Loading...