नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने पाँँच जना पक्राउ

पोखरा, ११ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीले नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले वुटवल, रुपन्देही, मुग्लिङ, चितवन, पाल्पा र पोखरामा नशालु पदार्थ सेवन गराई लुटपाट गर्नेलाई पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको स्वरेकका विकास भन्ने डिल बहादुर सेन ठकुरी, नवलपरासीको अरुणखोलाका ३७ वर्षिय प्रकाश सुनार, पर्बत घर भई हाल बुटवलमा बस्ने ५९ वर्षिय राम गुरुङ, स्याङ्जा घर भई हाल वुटवल ४५ बर्षिय लाले बहादुर दमै र पोखरा ७ बस्ने ४५ बर्षिय धन बहादुर बिक रहेका छन् ।

नशालु पदार्थ सेवन गराई लुटपाट पाँँच जना पक्राउ
नशालु पदार्थ सेवन गराई लुटपाट पाँँच जना पक्राउ

उनीहरुले बुटवल नगर क्षेत्रका बिभिन्न स्थानमा जग्गा बेच्ने ब्यक्तिलाई फोन गरि आफु जग्गा किन्ने ब्यक्ति भएको भनि बताई मोलमोलाई गर्ने वहानामा होटलमा बोलाई लुट्ने गरेको वडा प्रहरी कार्यलय बैदामका प्रमुख मोहनमणी अधिकारीले जानकारी दिए । उनीहरुले व्यवसायीलाई बुटबल वसपार्कका होटलहरुमा बोलाई पेय पदार्थ जुसमा तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई लुट्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।

त्यसै गरि पोखराका बिभिन्न स्थानहरुबाट पाल्पा, मुग्लिङ, मनकामना सम्म जानु छ भनि ट्याक्सी रिर्जभ गरी उक्त स्थान तर्फ लैजाँदा बाटोमा पेय पदार्थमा तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई बिभिन्न गर गहना र नगद तथा मोबाईल लुटी फरार हुने गरेको अनुसन्धानले देखाएको उनले बताए ।

प्रहरीले उनीहरुलाई पोखरा ७ जनप्रिय मार्गबाट नशालु औषधी र बिस्कुट सहित पक्राउ गरेको हो । उनीहरुले वुटवल, रुपन्देही , मुग्लिङ, चितवन र पाल्पामा समेत बिभिन्न ब्यक्तिहरुलाई नशालु पदार्थ सेवन गराई नगद तथा सुनका गरगहनाहरु लुट्ने गरेको अधिकारीले बताए ।

कमेन्टहरु
Loading...