लकडानमा विद्यार्थीलाई विकल्प, तीन शैक्षिक संस्थाले शुरु गरे होमस्कुलिङ

मुक्तिराज रेग्मी

विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले राज्यका हरेक क्षेत्रलाई नराम्रो सगँ प्रभावित बनाएको छ । यस्तो डरलाग्दो महामारीबाट आफ्नो परिवार, समुदाय र सिंगो राष्ट्रलाई सुरक्षित राख्नु अहिलेको प्रमुख चुनौति हो ।

कोरोना भाइरसले पारेको नकारात्मक असर अन्य क्षेत्रमा तत्काल देखिए पनि शिक्षा क्षेत्रमा पारेको प्रभाव तुलनात्मक रुपमा पछि देखिने छ । जसको असर झनै डरलाग्दो हुनेछ । शिक्षा मन्त्रालयले गरेको परिपत्र÷निर्णयले गत चैत्र ५ गते देखी देशका सबै शैक्षिक सस्था बन्द रहेका छन् ।

कोरोनाको प्रभाव दिन प्रतिदिन बढ्दै जादाँ छिमेकी राष्ट्रहरु र नेपालले पनि लकडाउन (बन्दाबन्दी) थपिदै गएको छ । यस्तो अवस्थामा हाम्रो शैक्षिक सस्थाका विद्यार्थीहरुलाई एक तर्फ कोरोनाको महामारीको मनोवैज्ञानीक त्रास सृजना भएको छ भने अर्को तर्फ उनीहरुलाई ज्ञान हासिल गर्नु पर्ने समयमा घर मै मोवाइल, टिभिमा दिन विताउनु पर्ने बाध्यता छ । यस विषम परिस्थितीमा विद्यालय सञ्चालकहरुले होमस्कुलीङको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

के हो होमस्कुलीङ ?

विद्याथीलाई घर मै अविभावक, शिक्षक र इन्टरनेटको माध्यमबाट पढाउनु नै होकस्कुलीङ हो । अहिलेको महामारीको अवस्थामा विद्यार्थीहरु घर मै बस्ने र शिक्षकहरुले विद्यार्थीहरुका लागि पाठ्यक्रम अनलाइन र पेपर वर्कसिट मार्फत पढाउनु हो । अनलाइनमा लाइभ आएर, एप्समा पाठ्यक्रमहरु तयारी गरेर, भिडियो तयार पारेर विद्यार्थीलाई पठाउन सकिन्छ ।

पोखरामा कस्ले सुरु गरे ?

नेपाली एउटा उखान छ । नौ दिन नपढे नौलो । विस दिन नपढे विर्सियो । नेपालमा अहिले विद्यार्थीहरुमा पनि यस्तो अवस्था छ । पोखराको मदरल्याण्ड मावि, सैनिक माविमा र वन्डरल्याण्ड प्रिस्कुल बैदामले शुरु गरेका छन् ।

मदरल्याण्ड र सैनिकले कक्षा १०, ११ र १२ अनलाइन मार्फत पढाइ सुरु गरेको हो भने वन्डरल्याण्डले भिडियो, पेपर वर्कसिट मार्फत होमस्कुलमा सहयोग गरेको छ । भिडियो अनलाइन मार्फत पठाउने र वर्कसिट घर घररै पु¥याएर सुरु गरेको हो । प्रि नर्सरीमा होमस्कुल शुरु गर्ने वन्डरल्याण्ड पहिलो हो ।

कमेन्टहरु
Loading...