नयाँ गठित कार्यसमितिका संरक्षक, सल्लाहकार र सदस्यहरुलाई स्वागत र पदस्थापन

पोखरा, १९ असार/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति, गण्डकीले नवगठित कार्यसमितिमा मनोनित सम्पूर्ण संरक्षक, सल्लाहकार र सदस्यहरुलाई स्वागत एवम् पदस्थापन गरेको छ । पोखरामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतिकले उनिहरुलाई अवीर र खादा लगाएर स्वागत र पदस्थापन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतिकले लोक दोहोरी क्षेत्र र पत्रकार एक रथका दुई प्राङग्रा भएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । उनले लोक तथा दोहोरी गीतको पश्मिाञ्चलको राजधानी गण्डकी भएकोले प्रतिष्ठानको केन्द्रीय कार्यालय पोखरामा हुनुपर्ने सुझाव दिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले प्रतिष्ठान दुःख गरेर जन्माएको संस्था भएकोले गीत गाएर मात्र नभएर संस्थाप्रति जिम्मेवार भएर अगाडि बढ्न नव गठित कार्यसमितिका सदस्यहरुलाई सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय संरक्षक प्रजापति पराजुली, नयाँ मनोनित संरक्षक हेमबहादुर गुरुङ, पोखरा उप—महानगरपालिकाका प्रशासन विभागका प्रमुख अनन्तप्रसाद कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति, गण्डकीका संस्थापक तारापति सुवेदी, पोखरा उप—महानगरपालिकाका कानुनी सल्लाहकार नारायण शर्मा, दुर्गाप्रसाद कोइराला, साहारा क्लबका संस्थापक वसन्त थकाली, पोखरा लोक तथा दोहोरी संस्थाका अध्यक्ष सिम गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति, प्रतिष्ठानका निवर्तमान अध्यक्ष चोलेन्द्र पौडेल, गण्डकीका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, प्रतिष्ठानका गण्डकी अञ्चल सल्लाहकार शेरबहादुर गुरुङ, बिरबहादुर अधिकारी, बुद्धिमान गुरुङ, भरतराज ढकाल, सदस्य दीपक अर्याल लगायतले शुभकामना दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्य समिति, गण्डकीका अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम रिजालले गरेका थिए ।

कमेन्टहरु
Loading...