मंगलबार देखि पोखरामा अन्तर लायन्स फुटवल प्रतियोगिता

पोखरा, ३१ भाद्र/स्पोर्टस् फर फेलोशिपभन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा पिस सिटिले आयोजना गरेको फोर्ड दोश्रो अन्तर लायन्स फूटबल प्रतियोगिता–२०७० आ –मंगलबार) देखि पोखरा सुरु हुँदै छ । पोखरा उप–महानगरपालिका वडा नं. १ बगरमा रहेको टुडिखेल मैदानमा असोजको १ गतेदेखि हुने उक्त प्रतियोगितामा २५ लायन्स क्लवहरुको सहभागिता हुँदैछ ।

गत बर्ष प्रथम अन्तर लायन्स फूटवल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरि सकेको सो क्लबले यस बर्ष पनि कास्की र बाहिरी जिल्लाहरुमा रहेका क्लबहरुलाई समेत सहभागि गराई लायनहरु बीचमा आपसी भाईचाराको सम्बन्धी विस्तार गर्ने उद्देश्यले सो प्रगिता आयोजना गरेको प्रतियोगिता संयोजक लायन सुदिपराज ढुङ्गानाले जानकारी दिनुभयो । सो प्रतियोगितामा फोर्ड गाडी (आधिकारीक बिक्रेता अटो भेन्चर प्रा. लि., नयाँबजार पोखरा) को मुख्य प्रायोजन रहेको छ भने उप–प्रायोजनमा उईन कममोवाईल नेपालका लागि आधिकारीक बिक्रेता प्रिज्मा टेक्नोलोजीस् रहेको छ ।

विशेष सहयोगीमा पोखरा उप– महानगरपालिका र सेवा हस्पिटल प्रा.लि. रहेका छन् भने अन्य विभिन्न संस्थाहरुले सहयोग गरेको छन् । सो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने क्लबले क्रमशः २५ हजार,५ सय २५,१५ हजार ५ सय ५५,५ हजार ५ सय ५५ ट्रफि,मेडल र प्रमाणपत्र रहेका छन् । साथै प्रतियोगितामा अनुशासित टिम,उत्कृष्ठ खेलाडी,सर्वाधिक गालकर्ता, उत्कृष्ट गोल रक्षक लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

उक्त प्रतियोगितामा रहने र प्रतियोगिता अवधिमा करिव १५,००० भन्दा बढी खेलप्रेमी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । नेपालमै पहिलो पटक लायन्स क्लबहरुको सहभागितामा प्रतियोगितात्मक गतिबिधि संचालन गर्न सफल लायन्स क्लब अफ पोखरा पिस सिटिको उक्त कार्य प्रति सबैको चासो बढेको क्लबका अध्यक्ष लायन प्रशान्तराज धमलाको भनाई रहेका छ । प्रतियोगिताकोलागि आर्थिक व्यवस्थापन,प्रचार प्रसार तथा भेघाट लायतका कार्यहरु पनि तिब्र गतिमा भईहरको सचिव लायन टंकराज अधिकारीले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...