लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको अध्यक्षमा पौडेल

पोखरा, २७ चैत /लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको अध्यक्षमा इन्जिनियर सुरेन्द्र पौडेल निर्वाचित भएका छन् । क्लबको निवर्तमान अध्यक्षमा विष्णु बराल, प्रथम उपाध्यक्षमा केदार ढकाल, द्वितीय उपाध्यक्षमा परमेश्वर दाहाल, तृतीय उपाध्यक्षमा विष्णुप्रसाद उपाध्याय, सचिवमा साबित्री भट्टराई, सहसचिवमा कुलप्रसाद बराल, कोषाध्यक्षमा श्रीप्रसाद अधिकारी र सहकोषाध्यक्षमा गीता चपाँई निर्वाचित भएका छन् ।

लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको अध्यक्षमा पौडेल
लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीको अध्यक्षमा पौडेल

क्लबको मेम्बरसिप चेयरपर्सनमा धर्मदत्त शर्मा, टेल टुइस्टरमा कमल शर्मा, टेमरमा कल्पना आचार्य, जनसम्पर्क अधिकारी (पिआरओ)मा नारायण सुवेदी चयन भएको निर्वाचन संयोजक बाबुराम अधिकारीले जानकारी दिए । क्लबका निर्देशकहरुमा नवराज सुवेदी, मीलन ढकाल, बुद्धिमान गुरुङ (धम्पुदाइ), झम्कनाथ पोखरेल, उद्दव श्रेष्ठ, दीपक शर्मा, घनश्याम रिजाल, दिलमाया गुरुङ, रामचन्द्र भट्ट, बासुदेव पौडेल, तुलसी दाहाल, भीमबहादुर पौडेल, सुरेश हुमागाईं, ईश्वरीप्रसाद पौडेल र मनोज सुनार निर्वाचित भएका छन् ।

लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ को सबैभन्दा ठूलो क्लब हो । क्लबका सम्पूर्ण पदका उम्मेदवारले शतप्रतिशत एस भोट प्राप्त गरेको निर्वाचन संयोजक अधिकारीले जानकारी दिए ।लायन वर्ष २०१६÷१७ का लागि अध्यक्षमा निर्वाचित भएका पौडेलले सबैको सहयोगबाट क्लबका गतिविधिहरुलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘सामाजिक क्षेत्रमा हाम्रो क्लबले पु¥याएका योगदानहरु महत्वपूर्ण छन्,’ उनले भने, ‘मेरो कार्यकालमा सामाजिक गतिविधिलाई अझ बढी प्रभावकारी ढंगले सञ्चालन गर्नेछौं ।’

उक्त अवसरमा क्लबका संस्थापक अध्यक्ष एकनारायण शर्मा ढकाल, बर्तमान अध्यक्ष विष्णु बराल, क्लबका एक्टेन्सन चियरपर्सन धनीराम बराल, निर्वाचन संयोजक बाबुराम अधिकारी, लायन्स क्लब अफ ग्रिन सिटीका अध्यक्ष प्रकाशसिंह भण्डारी लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...