इन्डोनेसियाको लायन एयर १८८ यात्रु सहित समुन्द्रमा दुर्घटनाग्रस्त

एजेन्सी, १२ कात्तिक / इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान १८८ यात्रु सहित दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमान राडारको सम्पर्कबाट विच्छेद भएको थियो ।

जहाज समुद्रमा खसेको हो । जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना यात्रु रहेका छन् । बिमान जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका तर्फ उडेको थियो ।

भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताएका छन् ।

कमेन्टहरु
Loading...