लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत ज्ञवालीलाई स्वागत

लेखनाथ, ३० जेठ/लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत जिवन ज्ञवालीको स्वागत तथा छलफल गरेको छ । कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुमन भट्टराईले लेखनाथ नगरपालिकालाई कर्मथलो बनाएर नयां नियुक्त भएर आएका कार्यकारी अधिकृतलाई स्वागत गरेका थिए । लेखनाथको आर्थिक सामजिक विकासमा महत्वपुर्ण काम गर्नु पर्ने बताउदै भट्टराईल संघले सहयोग गर्ने बताए ।

लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत जिवन ज्ञवालीले लेखनाथको विकासका लागि सामाजीक सघ सस्थाहरुसग सहकार्य गर्दै तालको संरक्षण, ल्याण्डफील्ड साईड निमार्णको प्रक्रिया अगाडी बढाउने, प्राकृतीक संरचना संरक्षण गर्दै गुरुयोजना बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, निवर्तमान अध्यक्ष वावुराम जमरकट्टेल, लेखनाथ उद्योग वाणिज्य संघका वर्तमान र निवर्तमान पदाधिकारी, राजनैतिक पार्टीका प्रमुख लगायतले स्वागत गर्दै शूभकामना दिए ।

 

कमेन्टहरु
Loading...