बेलायतवासीको सहयोगमा लमजुङमा सामुदायिक भवन

लमजुङ १६ चैत्र / बेलायतमा वस्ने नेपालीहरुले लमजुङको एउटा गाँउमा सामुदायिक भवन निर्माण गरिदिएका छन् । गत वैंशाख १२ गतेको भूकम्पको कारण पुरानो भवन भत्किएपछि वेलायतमा वस्ने नेपालीले नयाँ भवन निर्माण गरिदिएका हुन् ।

बेलायतवासीको सहयोगमा लमजुङमा सामुदायिक भवन
बेलायतवासीको सहयोगमा लमजुङमा सामुदायिक भवन

साउथ इष्ट रिजनल तमु धि ः यूकेको ६ लाख रुपैया सहयोगमा लमजुङको बाझाखेत गाविस ६ स्थित थुम्कामा सामुदायिक भवन निर्माण गरिएको हो । महिला उन्नती सामुदायिक भवन नाम दिइएको नवनिर्मित भवनको मंगलवार साउथ इष्ट रिजनल तमु धि ः यूकेका अध्यक्ष श्रीचन्द्र गुरुङले उद्घाटन गर्नुभयो । तमु धि ः यूके सहित अन्य विभिन्न ब्यक्ति तथा संस्थाको सहयोगमा कुल ६ लाख ४६ हजार तथा स्थानियको श्रीमदान गरी कुल सात लाख ५९ हजारमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवन निर्माणको लागि स्थानियले २२६ दिन अर्थात् एक लाख १३ हजार वरावरको जनश्रमदान गरेको निर्माण समितिका देविजंग गुरुङले जानकारी दिनुभयो । स्थानिय मकरध्वज गुरुङका अनुसार स्थानियको श्रमदान र चन्दा संकलनबाट २०६२ सालमा निर्मित पुरानो सामुदायिक भवन बैंशाख १२ को भूकम्पले भत्काएको थियो । भूकम्पले भत्काएको शौचालय अझै पुननिर्माण गर्न नसकिएको उनले बताए ।

भवन उद्घाटन समारोहमा सहयोगी संस्था साउथ इष्ट रिजनल तमु धि ः यूकेका अध्यक्ष गुरुङले भूकम्पपछि नेपालका विभिन्न स्थानमा सहयोग गर्दै आएको बताउनुभयो । ब्यक्तिगत घर निर्माणमा भन्दापनि संस्थाले सामुदायिक भवन र विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्दै आएको उहाले स्पष्ट पार्नुभयो । सामुदायिक भवन निर्माणपछि आसपासका वासिन्दालाई विभिन्न सामुहिक कार्य गर्न पनि सहिजो हुने उहाको विश्वास छ ।

सो अबसरमा उहाँको साथै तमु धि ः यूके महिला समुहकी सदस्य पार्वती गुरुङले ब्यक्तिगत रुपमा पाँच ÷पाँच हजार सामुदायिक भवनलाई हस्तान्तरण गर्नुभयो । २५ घरधुरी रहेको सो गाँउको ९ वटा घरमा भूकम्पले क्षती पुर्याएको छ । स्थानियले सामुदायिक भवन निर्माणसँगै शौचालयको पुनःनिर्माण र दुई कोठे पाहुँना घर निर्माणको लक्ष्य राखेका छन् । स्थानिय दुधराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राम वहादुर गुरुङ, प्रगति आमा समुहकी अध्यक्ष चन्द्राकाशी गुरुङ लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...