लामाचौर तीज महोत्सवलाई डिसहोमको साथ

पोखरा २३, साउन / पोखराको लामाचौरमा यस बर्ष संचालन हुने लामाचौर तीज महोत्सव २०७६ लाई डिसहोम टेलिभिजनले साथ दिने भएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा आउदो भदौं १२ गते देखि संचालन हुने महोत्सवलाई डिसहोमले मुख्य प्रायोजकको रुपमा साथ दिने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षत्रीले बताए ।

नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भदौं १६ गतेसम्म इन्द्रराज्य लक्ष्मि माविको परिसरमा संचालन हुने उक्त महोत्सवलाई सफल पार्न मुख्य प्रयोजकको रुपमा रहेको डिसहोमले विज्ञान सहित करिब ५ लाख रुपैया सहयोग गर्ने भएको समाजले जनाएको छ ।

त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगितालाई सफल पार्न एकता बुक्स डिष्ट्रिव्यूटर्स प्रा.लि., अन्तर मावि लोक नृत्य प्रतियोगितालाई सफल पार्न पवित्र गणेश सप्लायर्सले टाइटल प्रयोजकको रुपमा सहयोग गर्ने भएको प्रचार संयोजक क्षत्रीले जनाए ।

त्यसै गरी खुल्ला एकल नृत्य प्रतियोगितालाई सफल पार्न एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेशले साथ दिने भएको छ भने समुहगत तिज गित प्रतियोगितालाई सफल पार्न दि यूनाइटेड गोल्ड मार्ट प्रा.लि.ले टाइटल स्पोन्सनको रुपमा सहयोग गर्ने भएको समाजले जनाएको छ ।

महोत्सवको तयारी हाल तिव्र पारिएको समाजले जनाएको छ । पोखरा महानगरपालिका १९ स्थित पुरुन्चौर क्षेत्रमा समाजले स्थानिय आमा समुह,क्लव, बिद्यालय तथा विभिन्न संघ संस्थाहरुसंग छलफल गरेको छ । उक्त छलफलमास्थानिय आमा समुह, क्लव, बिद्यालय तथा विभिन्न संघ संस्थाहरुले उक्त महोत्सवलाई सफल पार्न आफुहरु कटिवद्ध रहेको भारतिय मावि बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष दीपक पौडेलले बताए ।

स्थानिय युवाहरुलाई महोत्सवमा समेट्न आफुहरु तयार रहेको स्थानिय एक युवा इमानराज पौडेलले जनाए । उक्त महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुले आ–आफनो जिम्मेवार वहन गर्दै गर्दा हालसम्म करिब २५ लाख रुपैया संकलन हुने लगभग पक्का भएको प्रचार संयोजक क्षत्रीले जनाए । बचन सहित केही नगद गरी उक्त रकम हालसम्म संकलन भएको बताएका खत्रीले महोत्सव सम्पन्न गर्न बाँकी १५ लाख ६२ हजार संकलन गर्न समाज लागि परेको जनाए ।

“मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए । महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए ।

कमेन्टहरु
Loading...