लेखनाथ महोत्सव बिहीबार देखि

पोखरा, २५ माघ /लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने १३ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

माघ २७ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालनमा हुने महोत्सवको तयारीका बारेमा जानकारी दिर्दै लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तीन सयवटा कक्ष बुकिङ भइसकेको जानकारी दिए। लेखनाथ नगरपालिकास्थित तालचोकमा हुने सो महोत्सव अवधिभर तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रचारप्रसार उप समितिका संयोजक भरतकुमार अधिकारीका अनुसार महोत्सव अवधिभर १५ करोडदेखि २० करोडसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सवबाट करिब ९० लाख आम्दानी तथा महोत्सव सम्पन्न गर्न ८० लाख खर्च हुने अनुमान गरिएको छ।

महोत्सवमा कृषिजन्य वस्तुको बजार प्रवद्र्धन, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन, साहित्य, कला संस्कृतिको प्रचारप्रसार एवम् बजारीकरण गर्ने उद्देश्य राखिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव छत्रधर आत्रेयले बताए।

कमेन्टहरु
Loading...