शुक्रबारदेखि लेकसाइडमा सेभेन ए साइड फुटबल

पोखरा, फागुन /शुक्रबारदेखि बैदाम क्लवले आफ्ना क्रियाशिल सदस्य स्व.दिपेश टण्डनको स्मृतीमा अन्तर क्लव सेभेन ए साइड फुटवल प्रतियोतिगा आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको पूर्वाद्धमा पोखराका संचारकर्मि र आयोजक समिति बिच भएको मैत्रिपूर्ण खेलमा आयोजक ४–३ गोलले विजयी भएका छन् । लेकसाइडस्थित बाराहीघाट खेल मैदानमा हुने सो प्रतियोगिताको विजेताले नगद रु १ लाख सहित शिल्ड मेडल तथा उपविजेताले नगद ४५ हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने क्लवले जनाएको छ ।

१४ गते सम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न विमल न्यौपाने अध्यक्ष एवं विकास थापा संयोजक रहेको मुल आयोजक समिति गठन गरेको छ । प्रतियोगितामा पोखराका विभिन्न ४० टिमको सहभागिता रहने बताइएको छ ।

कमेन्टहरु
Loading...