कहिले होलान् सरकारी बैंकहरु आधुनीक

निजी क्षेत्रका बैंकले स्थापना कालबाट नै प्रयोग गर्दै आउने आधुनीक बैंकिङ्ग प्रणाली सरकारी बैंकहरुले बल्ल प्रयोगमा ल्याउन थालेका छन् । कृषि विकास बैंकले पनि आधुनीक बैकिङ्ग प्रणाली प्रयोगमा ल्यानका लागि काम थालनी गरेको छ । बैंकले आधुनीक बैंकिङ्ग सेवा प्रदान गर्नका लागि काठमाडौका २५ वटा शाखा शुरु गरिसकेको छ भने पोखराका ५ शाखामा पनि शुरु गरेको छ । कृषि विकास बैंक क्षेत्रीय कार्यालय पोखराले सीबीएस (कोर बैंकिङ्ग सिष्टम) संचालनमा ल्याएको हो ।

कृषि विकास बैंक क्षेत्रिय कार्यालय पोखका आधुनीक बैंकिङ्ग सेवाको बैंक सन्चालक समितिका सदस्य सिताराम थपलीयाले उद्घाटन गरे । उनले कृषि विकास बैंकका २ सय ४० वटै शाखामा आगामी १० महिनामा आधुनीक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । आधुनीक बैंकिङ्ग सेवाबाट ग्रामिण स्थर सम्मका सेवा ग्राहिले छिटो छरितो सेवा पाउने उनको विस्वास थियो । अत्याधुनिक बैंकिङ्ग सेवा सुरुसँगै सेवाग्राहीले जुन सुकै शाखा खाता खोले पनि सबै शाखाबाट सेवा पाउने सीबीएसका प्रोजेक्ट म्यानेजर कञ्चन बस्नेतले बताए ।

पोखराको पृथ्वीचोकस्थित क्षेत्रीय कार्यालय, पोखरा कार्यालय सहित बगर, चिप्लेढुंगा र गगन गौडामा पनि यो सुविधा विस्तार भएको छ । यो प्रविधिसँगै बैकले आगामी दिनमा एटीएम, ई–बैंकीङ्ग, मोवाइल बैकिङ्ग लगायतका सुविधा समेत छिटै संचालनमा ल्याउने सन्चालक थपलियाले बताए ।

नौ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैकले ४४ अर्ब निक्षेप संकलन गरेको छ । बैकले ६५ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ । कूल ३ हजार २ सय कर्मचारी रहेको कृषि विकास बैकका देशभर २ सय ४६ वटा शाखामा २ लाख सेवा ग्राही रहेका छन् । बैकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ६५ करोड अनुमानीत मुनाफा आर्जन गर्न सफल भएको र्बैकले जनाएको छ ।

आर्थिक वर्ष २०६८÷०६९ मा बैकको क्षेत्रीय कार्यालय पोखराले ३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गतवर्षको तुलनामा यो ३२ प्रतिशतले बढेको छ । क्षेत्रीय कार्यालयका कूल निक्षेप संकलन १ अर्ब ४२ करोड ८२ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको भन्दा २५ प्रतिशतले बढी हो । बैकले अघिल्लो भन्दा १२ प्रतिशत बढी अर्थात् ४२ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको कार्यालय निर्देशक सुवोधप्रसाद गौतमले बताए ।

पश्चिमाञ्चलमा बैकको गण्डकी र धौलागिरीमा गरी १० जिल्लामा कूल २४ वटा शाखा छन् । एकीकृत बैकिङ्ग सेवा सुरु गरी कृषि तथा गैरकृषि क्षेत्रमा ठूलो लगानी गर्न निक्षेप संकलन गरी बैकिङ्ग सेवाको विकास र विस्तारमा बैंकले काम गर्दै आएको छ ।

कमेन्टहरु
Loading...