कृष्णदासको पोखरामा रथारोहण

पोखरा, ४ बैशाख/सिद्धबाबा कृष्णदास महाराजको शनिबार पोखरामा रथारोहण भएको छ । समाधिस्थल रामघाटदेखि नारायणस्थान नदीपुरसम्म रथारोहण गरेको हो ।

कृष्णदासको पोखरामा रथारोहण
कृष्णदासको पोखरामा रथारोहण

रथारोहण पृथ्वीचोक नयाँबजार हुँदै नारायणस्थान पुगेको थियो । आठ दिनको भूसमाधि पछि गुरु शुक्रबारमात्र बाहिर निस्केका हुन् । उनी २६ चैतदेखि ३ बैशाखसम्म बिनाअक्सिजन भूसमाधिमा लिन भएका थिए ।

रथारोहणपछि प्रसाद, जल माटो, र जमरा वितरण गरिएको थियो । उनलाई सोमबार पोखरामा विन्दवासीनी धार्मिक क्षेत्र विकास समिति, नाराणस्थान धार्मिक क्षेत्र विकास समिति, रामानन्दचार्य सेवापिठ, नरनारायण बाबा आश्रम लगायतले सम्मान गर्ने कार्यक्रम छ । गुरुको यो कार्यले यहाँको धार्मिक पर्यटनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

कमेन्टहरु
Loading...