किंग्स लाउञ्ज पोखरामा फेस्टिवल अफर, दशैं सेलिब्रेशनमा छेवाङ लामा र पासपी ब्याण्डको लाइभ कन्सर्ट

पोखरा, १२ असोज / किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतका चाडपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ ।

पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ ।
साँझ साढे ५ बजे पछि फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर रहेको किंग्स लाउञ्ज पोखराका एक संचालक बशन्त गौचनले जानकारी दिए ।

दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरि मेनुको मूल्य २० प्रतिशतले घटाउनुका साथै ह्याप्पी आवरमा डिस्काउन्ट अफर लागू गरिएको किंग्स लाउञ्जले जनाएको छ । ह्याप्पी आवर अफर चाडपर्व पछि पनि जारी रहने छ भने फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफरछठ सम्म रहने गौचनले बताए ।

यस्तै दशैं सेलिब्रेशन अन्तर्गत असोज १२ गते आइतबार किङ्स लाउन्ज पोखरामा पप गायक छेवाङ लामा र पासपी ब्यान्डको लाइभ प्रस्तुती समेत रहेको अर्का संचालक कुमार गुरुङले बताए । लाइभ कन्सर्ट राति आठ बजेदेखि सुरु हुनेछ ।

फेस्टिबल अफर संचालनमा ल्याएको अवसर पारेर किङ्स लाउन्जले गत महिना किर्गिस्तानमा भएको नदेझ्दा कप फुटबल प्रतियोगितामा उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई सम्मानगर्ने कार्यक्रम समेत रहेको अर्का संचालक आदित्य मिश्रले जानकारी दिए । महिला फुटबल टिम सागको तयारीका लागि पोखरामै रहेको छ ।

काठमाडौंको अपार सफला पछि ६ महिना अगाडि पोखरामा शाखा खोलेको लाउन्चले संगीत, खेलका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई पूर्ण पारिवारिक वातावरणमा उत्कृष्ट सेवा र सन्तुष्टि प्रदानगर्दै आएको छ ।

लाउञ्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वादलिन पाइनेछ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन सञ्चालन हुने लाइभकन्सर्टले सेवाग्राहीको ध्यान तान्ने गरेको छ । सुपथ मूल्यमा स्वादिष्टखानाहरुको परिकार पाइने भएकाले किङ्स लाउन्जपुग्ने गरेको उनीहरु बताउँछन् ।

नयाँतथा पुराना संगीतहरुले भरपुर मनोरन्जनदिनुका साथै आफु स्वयमले पनि गाउन सक्ने, शान्त पारिवारिक वातावरण भएको, परिवारका सम्पुर्ण सदस्यले एकै साथ मनोरन्जनलिन सक्ने लाउञ्जले ग्राहकहरुलाई घरसम्म निःशुल्क पुर्याई दिने ब्यवस्था पनि मिलाएको गौचनले जानकारी दिए ।

काठमाडौंको दरबारमार्ग र पोखराको लेकसाइडमापाएको सफलतालाई केन्द्रमा राखेर मुलुकका अन्यशहरहरुमा पनि किङ्स लाउन्जको शाखा बिस्तार गर्ने तयारी गरिएको अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...