खडेरीले पश्चिमाञ्चलमा २ अर्व ८१ लाख रुपैयाको नोक्सानी

पोखरा, २१ वैशाख /खडेडीका कारण पश्चिमाञ्चलमा कृषि क्षेत्रमा २ अर्व ८१ लाख रुपैयाको नोक्सानी हुने अनुमान क्षेत्रीय कृषि निर्देशनालको अनुमान छ ।

खडेरीले पश्चिमाञ्चलमा २ अर्व ८१ लाख रुपैयाको नोक्सानी
खडेरीले पश्चिमाञ्चलमा २ अर्व ८१ लाख रुपैयाको नोक्सानी

कृषि सूचना तथा संञ्चार केन्द्रको आयोजनामा भएको जलवायु सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक बेनीबहादुर बस्नेतले जलवायु परिर्वतनका कारण खडेरी पर्दा यो क्षेत्रमा २ अर्व बढिको बालीनालीमा नोक्सानी हुने अनुमान सुनाए ।

खडेरीका कारण मकै, सुन्तला र अन्य फलफुल, चैते धान, गहुँ, तरकारी, आलु, अलैची र धानमा नोक्सानी हुदाँ यस क्षेत्रमा खाद्य संङकट पर्ने सक्ने समेत उनको भनाई थियो । पोखरामा भएको पत्रकार, वातावरण विज्ञ, कृषि सूचना तथा संञ्चार केन्द्र बीच कार्यक्रममा २ हजार १ सय ६१ हेक्टरमा लगाइएको मकैमा ८ करोड ५० लाख रुपैया मकैमा नोक्सानी हुने बस्नेतको थियो ।

त्यसै गरि ७ सय २ हेक्टरमा सुन्तला र अन्य फलफुलमा गरी ७ करोड ३७ लाख, १ हजार २ सय ५६ हेक्टरमा लगाएको चैते धानमा ४ करोड १६ लाख, २ हजार २५ हेक्टरमा लगाएको गहुँमा ७६ करोड ११ लाख, २ हजार ९ सय ४७ हेक्टरमा लगाएको तरकारीबाट २३ करोड १५ लाख, ३ सय हेक्टर क्षेत्रमा लगाएको ६ करोड, २० हेक्टर क्षेत्रमा लगाएको अलैची खेतीमा ३७ लाख ५० हजार, १२ हजार ५ सय ६३ हेक्टरमा लगाएको धानको ७९ करोड १४ लाख नोक्सानी हुने अनुमान कार्यालयले गरेको बस्नेतले बताए ।

कार्यक्रममा लामो समयसम्म खडेरी पर्दा अत्याधिक वर्षा हुनु बनाउदै कृषिको पुरानो पद्धतिमा जलवायु परिवर्तनको असर देखिएको बताए । जलवायु परिवर्तनका कारण ३२ देशका जिल्लामा खाद्य असुरक्षा बढेको तथ्याङक रहेको बनाउदै पश्चिमाञ्चलमा मनाङ, मुस्ताङ, कास्की र गोरखामा खाद्य अपुग हुने जिल्ला भएको उनले जानकारी दिए । कार्यक्रममा जलवायु परिवर्तन बारे लि–वर्डका विकास पौडेलले पछिल्लो समयमा साउथ एशियामा खडेरी बढ्दै जादा खानाको अभाव हुने बताए । कार्यक्रममा कृषि सूचना तथा संञ्चार केन्द्र बारे दुर्गा प्रसाद पण्डितले कृषि सूचनाका बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...