माया खोज्दै आधिखोला तरेसी………

केशव घिमिरेको लोकदोहोरी रोइला

लोक दोहोरी गायक तथा रचनाकार केशव घिमिरेको लोकदोहोरी रोइला गीत आधिखोला तरेर बजार मा आएको छ। स्याङ्जा जिल्ला र आसपासका जिल्लाहरु मा बढी प्रचलित रोइला भाका स्याङ्जा जिल्ला कै नाम राखेर रचना, संगित र स्वर दिएर बजारमा लाएका हुन् ।

केशव घिमिरेको लोकदोहोरी रोइला
केशव घिमिरेको लोकदोहोरी रोइला

पल्लो गाउँमा पुजा छ रे भन्ने खबर पा,को
त्यै भएर हस्याङ फस्याङ म दौडिदै आ,को
आधिखोला तरेर
आए तिमि भन्दै सेति दोभान तरेर
आधिखोला तरेर

गाउँले सस्कृती बन ,पाखा,मेला ,पात,उकाली ओराली लाइ नै समाबेश गरेर बनाएको यस गित लाइ चन्दन म्युजिक ले उत्पदकरबितरक गरेको छ।
पधेरी मा गा,कि थिए तिम्रै बोलि सुने
गाइ लाइ पराल हाले अनि खोर मा बाख्रा थुने
आए म नि भागेर
कस्तो भा छौ भनी देखन मन लागेर
आए म नि भगेर

पछिल्लो समय लोक दोहोरी मा उताउला शब्द र भद्दा भिडियो हरु आउन थाले ता पनि यस गीत मा त्यस्तो देखन पाइने छैन, थुप्रै चर्चित गीत हरु जेल मा थुनेनी,देखन मन लाइरन्छ, रुन्छु बर्है मैना,धर्ती फटला,तिज गीत किन्दिउला म चुरा,मुकुन्दे को बाउ,चट सरि मिलएर,नारी त लक्ष्मी हुन,एक नम्बर लगायत ६ दर्जन जति गीत मा स्वर दिइसकेका घिमिरे को यस गीत मा पनि शब्द,लय स्वर आफ्नै रहेको छ भने देवि घर्ती ले स्वर मा साथ दिएकी छ्न, भने नृत्य होम गुरुङ को रहेको छ भने निर्देशन केशब घिमिरे ले नै गरेका छ्न अभियान रेशम थापा र मनिशा गौतम को रहेको छ।

दुई गीत संगै रहेको यस एल्बम मा अर्को लोक दोहोरि गीत ढुङ्गा खोज्दा देउता भेटियो मा घिमिरे कै शब्द,लय ,स्वर,रहेको छ भने सुजन बि।क र रिमा शाही ले स्वर मा साथ् दिएका छ्न साथै थेगो तेजेन्द्र सुनार को रहेको छ साथै यो गीत मा अभियान केशव घिमिरे र कश्मिरा शर्मा को रहेको छ भने निर्देशन पनि घिमिरे आफैले गरेका छन् ।

कमेन्टहरु
Loading...