कास्कीमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह

पोखरा/ कास्कीमा सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक सप्ताह शुरु भएको छ । ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि एक हप्ताभर विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको संयुक्त आयोजनामा सप्ताह सुरु भएको हो ।

कास्कीमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह
कास्कीमा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह

सप्ताहको गण्डकी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले उद्घाटन गर्दै दुर्घटना न्यूनिकरणका लागि सबैको दायित्व भएको उल्लेख गर्नुभयो । ट्राफिक सप्ताह सुरुवातको दिन सचेतनामुलक प्रभातफेरि सम्पन्न भएको छ । स्थानिय मानवअधिकार चोकदेखि सुरु भएको प्रभातफेरि न्यूरोड हुदै सभागृह पुगेर टुङ्गिएको थियो । प्रभातफेरिमा ट्राफिक प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाईटी, पृथ्बी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस ब्यबसायी समिति, बिद्यार्थी लगायतको सहभागिता थियो ।

रेडक्रस कास्कीका सभापति बामदेव ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री कृष्ण तिमिल्सीनाले सञ्चालन गर्नुभएको थियो । सडक प्रयोगकर्ता, चालक, सहचालक लगायत सरोकारवाला सबै निकायलाई ट्राफिक नियमको वारेमा सचेतना दिलाउने उद्देश्यले बार्षिक रुपमा ट्राफिक सप्ताह मनाईदै आएको छ । कार्यक्रम अनुसार दोस्रो दिन २७ गते नेपाल रेडक्रस अन्तर्गत पोखरा १० र ११ उपशाखामा समुदायलाई ट्राफिक कक्षा सञ्चालन गरिनेछ ।

ट्राफिक सप्ताह अन्तर्गतनै बैशाख २८ गते हेम्जा उपशाखामा समुदायको साथै अम्बिका उच्च माविका बिद्यार्थीको लागि ट्राफिक कक्षा सञ्चालन गर्ने कार्यक्रम छ । सोहि दिन विहान साढे ९ देखि १० बजेसम्म अमरसिंहचोक, पृथ्बीचोक, सिर्जनाचोक, बिपीचोक, भिमसेनचोक र हेम्जामा जेब्रा क्रसिङबाट यात्रु पार गराउने कार्यक्रम तय गरिएको छ । त्यस्तै बैशाख २९ गते चालक र सहचालक तथा पोखरा ७ का समुदायलाई ट्राफिक कक्षा सञ्चालन गर्ने, ३० गते निबन्ध प्रतियोगिता सहित अमरसिंह उच्च माविमा ट्राफिक कक्षा सञ्चालन गर्ने र जेब्रा क्रसिङबाट यात्रुलाई सडक पार गराउने कार्यक्रममा उल्लेख छ ।

सप्ताहको अन्तिममा बैशाख ३१ गते जनप्रकाश उच्च माविका बिद्यार्थी तथा पोखरा १४ उपशाखा अन्तर्गतका समुदायलाई ट्राफिक कक्षा सञ्चालन गर्ने र बैशाख १ गते पोखरा ८ उपशाखामा ट्राफिक कक्षा सञ्चालन गर्ने र सप्ताह समापन गर्ने रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डेले जानकारी दिनुभयो । जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सप्ताह महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सवारी चालकलाई सचेत गराउदै सडक प्रयोगकर्तालाई सचेतना दिलाउन पनि सप्ताहको आयोजना गरिएको बताउनुभयो ।

कमेन्टहरु
Loading...