कास्की कारागारमा कैदीहरु विच भिडन्त, २० घाइते

पोखरा, ९ मंसिर/ कास्की कारागारमा कैदी कैदी बीचमा गए राती झडप भएको छ । झडपमा परी २० जना कैदी घाइते भएका छन् । घाइते मध्ये ३४ बर्षीय बुद्धि गुरुङ्गको अवस्था चिन्ताजन छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ भने अन्य घाइतेलाई सामान्य उपचार पछि राती नै कारगार लगिएको छ ।

कारागारका नाईके चन्द्रबहादुर गुरुङ पक्षधर कैदी र उनको विपक्षमा रहेका कैदीहरुबीचको सामान्य विवाद झडपमा परिणत भएको थियो । गम्भीर घाइते भुजेलको आँखा, कान र टाउकोमा चोट लागेको छ । घाइेत २० मध्ये १२ जनालाई राती नै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

दोहोरो भिडन्तमा परी मिनबहादुर गुरुङ, रवि पौडेल, कुवेर पुन, सुनिल लामा, प्रविण गुरुङ, अनिल विक, सुनिल गुरुङ र सौगात रानाभाट लगायत घाइते छन् । नाइके चन्द्र गुरुङ र उनका विरोधीहरुबीच झडप भएको भएपनि घाइते हुनेहरु सबैजसो गुरुङका विरोधी रहेका छन् ।

यसैबीच कारागार भित्र झडप हुुनको कारण बुझ्नका लागि कास्कीका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले सहायक प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको बताएका छन् ।

छानविन समितिमा कारागार प्रमुख र प्रहरी निरीक्षक सदस्य छन् । कास्की कारागारमा ६० जना कैदी राख्ने क्षमता भए पनि हाल तीन सय भन्दा बढि कैदीहरु राखिएको छ ।

कमेन्टहरु
Loading...