कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बैशाखमा

पोखरा २३ चैत /साँतौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख तेस्रो साता हुने भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व र कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा आउदो बैशाख १५ देखि १७ सम्म प्रतियोगिता संचालन गर्न लागेको कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालय कास्की, प्याब्सन, एनप्याब्सन र समितिका पदाधिकारी सहित मंगलबार बसेको बैठकले प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । पोखरा रगंशालामा हुने प्रतियोगितामा छात्रा÷छात्र भलिबल, कबड्डी, एथलेटिक्सतर्फ १५ सय, ५ हजार मिटर दौड र ४ गुणा १ सय मिटर, ४ गुणा ४ सय रिले, हाइजम्प, लङगजम्प ज्याभलिङग थ्रो, सटपुट छात्रा÷छात्रमा प्रतिस्पर्धा हुने छ ।

चार वटै निर्वाचन क्षेत्रका छुटटाछुटटै प्रतिस्पर्धा प्रत्येक निर्वाचन क्षेत्रका प्रथम, द्धितिय टिम तथा खेलाडि वीच जिल्लास्तरीय प्रतिस्पर्धा गराइने कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी सामुदायिक विद्यालयलाई प्रोत्साहन स्वरुप दश हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा अन्र्तगत एथलेटिक्समा प्रति इभेन्टस बढिमा दुई खेलाडि सहभागी गराउन सकिने र रिलेको हकमा नियम लागु नहुने बताइएको छ भने रिलेमा एक विद्यालयबाट एक टिम मात्रै सहभागी हुन पाउने छ ।

कमेन्टहरु
Loading...