नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका ः विष्ट

पोखरा, ३ जेठ/राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका रहेको बताएका छन् । ‘खेल जगतमा नेपालको नाम उच्च पार्ने काम कराँतेले गरेको छ,’ उनले भने, ‘हामीले अन्य कुरामा अमेरिकालाई नजितेपनि कराँते खेलमा जित्न सक्छौं ।’

नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका ः विष्ट
नेपाललाई चिनाउन कराँतेको मुख्य भूमिका ः विष्ट

सितोरियो कराँते संघ नेपालको आयोजनामा पश्चिमाञ्चल ग्रेडिङ कार्यक्रमको आइतबार उद्घाटन गर्दै सदस्य सचिव विष्टले पोखरालाई खेल सहरको रुपमा स्थापना गर्न यस्तै कार्यक्रमले टेवा पु¥याउने बताए । ‘पोखरा खेलकुदको उर्वर भूमि हो,’ उनले भने, ‘सबै खेलका लागि विस्तारै पोखरा रंगशालामा भौतिक संरचना बन्दै गएको छ ।’

राम्रो खेलाडी बन्न क्षमता र कला मात्र भएर नहुने विष्टले तर्क दिए । ‘क्षमता र कलाले पक्कै पनि खेलाडीको अपगे्रड होला तर त्यति मात्र सबै कुरा होइन,’ उनले भने, ‘कुशल खेलाडी हुनको लागि अनुशासन र जिम्मेवारी पनि त्यतिकै हुन जरुरी छ ।’ कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीलाई राज्यले विस्तारै सुविधा दिँदै आएको बताए । ‘विगतमा खेलाडीहरुलाई निकै गाह्रो थियो,’ उनले भने, ‘अहिले आएर राष्ट्रका लागि मेडल ल्याउने खेलाडीलाई सेवा सुविधा दिन थालेको छ ।’

पश्चिमाञ्चल क्षेत्रमा विशेष गरी सितोरियो कराँतेले राम्रो स्थान बनाएको उनले बताए । ‘सितोरियोमा राम्रो खेलाडी उत्पादन भएको पाइन्छ,’ उनले भने, ‘यसको विकासको लागि हामी सक्दो पहल गर्ने छौ ।’ सितोरियो कराँते सघ कास्कीको व्यवस्थापनमा जेठ १ गतेबाट सुरु भएको ग्रेडिङ जेठ ५ गतेसम्म संचालन हुने अध्यक्ष सुरेन्द्रकुमार गुरुङले बताए । गे्रडिङमा पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट २ सय ३७ खेलाडीहरुको सहभागिता छ । जसबाट १ सय ८८ जनाले ब्ल्याक बेल्टको लागि ग्रेडिङ दिदै छन भने सेकेन्ड डानका लागि १२ जना र थड डानको लागि ४७ जना खेलाडीले गे्रडिङ दिने छन् ।

कमेन्टहरु
Loading...