पोखरामा ८ कलरको प्रिन्टिङ मेसिन अब कञ्चनमा

पोखरा, ८ बैशाख /पोखराको कञ्चन कम्प्युटरले ८ कलरको प्रिन्टिङ मेसिन भित्र्याएर सेवा शुरु गरेको छ । ग्राफिक डिजाइनको क्षेत्रमा स्थापित गण्डकी प्रदेश मै संस्था कञ्चनले जापानीज ‘मिमाकी’ ब्राण्डको मेसिन पोखरा ल्याएका हो ।

नेपालमै पहिलो पटक जापनीज प्रविधिको ८ कलरको मेसिन आफूले भित्र्याएको कञ्चनका प्रवन्ध निर्देशक चिन्तामणि बास्तोलाले जानकारी दिए । नेपालमा प्राय ४ कलरको मेसिनले प्रिन्टिङको काम गरिरहेको अवस्थामा कञ्चनले अत्याधुनिक प्रविधिलाई नेपालमा भित्र्याएको हो ।

कम्प्युटरमा जस्तो डिजाइन छ, त्यसलाई यो मेसिनबाट दुरुस्त प्रिन्टिङ हुने बास्तोलाले जानकारी दिए । ‘परम्परागत व्यवसाय भन्दा हामी माथि उठ्नुपर्छ,’ उनले भने, ‘व्यवसायलाई आधुनिक बनाउन नयाँ प्रविधिलाई भित्र्याउनु अनिवार्य छ ।’

यो मेसिनमा २१ लाख रुपैयाँ लगानी गरेको बास्तोलाले जानकारी दिए । यो मेसिनबाट ५ फिटको चौडाईमा कागजदेखि फ्लाक्स रोलसम्म प्रिन्ट गर्न सकिने उनले बताए । कञ्चनमा प्रिन्टिङ तथा डिजाइन सम्बन्धी सम्पूर्ण काम हुन्छ । ‘पेनदेखि हार्डिङसम्मको प्रिन्टिङ कञ्चनमा हुन्छ,’ उनले भने ।

कमेन्टहरु
Loading...