धर्म परिर्बतन गराउने क्रम नरोकिए धार्मिक युद्ध हुने थापाको चेतावनी

पोखरा, १० पौष /राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिभिन्न प्रलोबनमा पारेर धर्म परिबर्तन गराउने क्रम बढेको भन्दै यो क्रम नरोकिए देशमा धार्मिक युद्ध हुने चेतावनी दिएका छन् । नेपालीहरुलाई आर्थिक प्रलोबनमा पारेर धर्म परिबर्तनको लागि बाध्य पारिएको बताउदै उनले हिन्दु धर्म मान्नेहरुको संख्या घटे नेपालको सास्कृतीक अस्तित्व नै संकटमा पर्ने दाबि गरे ।

रथयात्राको क्रममा पोखराको बिध्याबासिनीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले नेपालबाट हिन्दुधर्म पलायन भए देशकै अस्तित्व संकटमा पर्ने हुदाँ त्यसको रक्षाको लागी राप्रपा नेपालले रथ यात्रा शुरु गरेको वताए ।

कमेन्टहरु
Loading...