कैलाश विकास बैंक लि. ले मेट्रो डेभलपमेन्ट बैंक लि. र नेपाल एक्सप्रेस फाइनान्स लि. गाभ्ने

पोखरा, २१ फागुन /राष्ट्रिय स्तरको अग्रणी विकास बैंक, कैलाश विकास बैंक लि.को सञ्चालक समितिका अध्यक्ष राजेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले क्षेत्रीय स्तरको पोखरामा केन्द्रिय कार्यालय भएको मेट्रो डेभलपमेन्ट बैंक लि. र राष्ट्रिय स्तरको वित्त कम्पनी नेपाल एक्सप्रेस फाइनान्स लि. गाभ्ने सर्वसम्मत निर्णय गरेको छ ।

कैलाश विकास बैंक लि. ले मेट्रो डेभलपमेन्ट बैंक लि. र नेपाल एक्सप्रेस फाइनान्स लि. गाभ्ने
कैलाश विकास बैंक लि. ले मेट्रो डेभलपमेन्ट बैंक लि. र नेपाल एक्सप्रेस फाइनान्स लि. गाभ्ने

सभाले आगामी २०७४ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब ५० करोड पु¥याउन मर्जर पछि कायम रहेको चुक्ता पुँजीमा २० प्रतिशतका दरले हकप्रद शेयर निकाष्शन गर्ने संस्थाको अधिकृत पुँजी ३ अर्ब १० करोड, जारी पुँजी १ अर्ब ८९ करोड पु¥याउने निर्णय समेत गरेको छ ।

मर्जर पछि बैंकको चुक्ता पुँजी १ अर्ब ५८ करोड पुग्नेछ, त्यसैगरी पुस मसान्त सम्मको वित्तीय विवरण अनुसार निक्षेप रु. १३ अर्ब २२ करोड र कर्जा रु. ११ अर्ब ४८ करोड रहेको छ । मर्जर पछि बैंकको शाखा सख्या ३८ र १७ वटा ए टि एम हुनेछन् भने मर्जर पछिको बैंकको नाम कैलाश विकास बैंक लिमिटेड रहने निर्णय भएको छ ।

कमेन्टहरु
Loading...