धनगढी बजारमा भेटिएका शंकास्पद वस्तु सेनाको टोलीद्धारा निष्क्रिय

पोखरा, साउन ५ ।

कैलालीको विभिन्न ४ स्थानमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

मंगलबार बिहान जिल्लाको सामाजिक विकास मन्त्रालय जाने बाटो, पूर्वाधार विकास मन्त्रालय, लम्कीचुहा नगरपालिका कार्यालय तथा धनगढी बजारको एलएनचोकमा शंकास्पद वस्तु भेटिएको थियो ।

बम जस्तै देखिने शंकास्पद वस्तु उक्त स्थानमा देखिएको कैलालीका प्रहरी नायब उपरिक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको र उक्त शंकास्पद वस्तु कसले राख्यो भन्ने विषयमा खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...