“जापानी भाषा परीक्षा J-Test पोखरामा संचालन”

पोखरा, २९ माघ / विद्यार्थी भिषामा जापान जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गरी पोखरामा जापानी भाषा परिक्षा J-Test संचालन हुने भएको छ।

जापान जानका लागि अति आवश्यक जापानी भाषालाई अझ बढी प्रभावकारी बनाउनका लागि भाषा संघ नेपाल (LAN) को विशेष पहलमा शाग्रिला एजुकेशन फ़ाउण्डेशनको संयोजकतामा भाषा परिक्षा संचालन हुन लागेको भाषा संघ नेपालका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।

संस्थाका द्वितीय उपाध्यक्ष सृजन भान्साकार्यको स्वागत मनत्वयबाट शुरु भएको कार्यक्रममा संस्थाका सल्लाकार एवम् भाषा विद बिक्रम उदास तथा संस्थापक अध्क्षय युवराज खनालले भाषा परीक्षा पोखरामा नै हदाँ विद्यार्थीलाई धेरै सजिलो हुने बताए ।

कार्यक्रममा परीक्षाका संयोजक तथा एजुकेशन फ़ाउण्डेशनका संस्थापक अध्यक्ष कृपानाथ श्रेष्ठले पोखरामा भाषा परीक्षाको अभाव र आवश्कताका बारेमा बताए । विद्यार्थीहरु माँझ परिक्षालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ त भन्नेबारे प्रष्ट परेका थिए ।

कार्यक्रममा ४० वटा भाषा संस्थाहरुको ८० प्रतिनिधीहरुले भागलिएका थिए। कार्यक्रमको संचालन तथा संघको गतिविधी, आगामी कार्ययोजना र जापानी राजदुतावास संग यस भाषा संघको सम्बन्धका बारेमा जानाकारी संघका महासचिव मोती श्रेष्ठले दिएका थिए ।

प्रत्येक दुई दुई महिनामा संचालन हुने परीक्षा दिन परीक्षा शुल्क ३ हजार ३ सय ९० रुपैया तोकेको जानकारी दिए ।

कमेन्टहरु
Loading...