पश्चिमाञ्चलमा एक वर्षमा ६ सय बढि मानव अधिकारको उल्लंघनका घटना

पोखरा, २२ पुस /अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले सन् २०१६ मा पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकारको अवस्थाका बारे सार्वजनीक गरेको छ । जनवरीदेखि डिसेम्बर सम्म अभिलेख गरेका ६ सय १० वटा मानव अधिकार उल्लंघनका घटना घटेको इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराका संयोजक शिव खकुरेलले सार्वजनी गरे ।

उनले ६ सय १० घटनाबाट ७ सय १ जना पीडित बनेको बताए । प्रतिवेदनमा राज्यका तर्फबाट १५ जना महिला र ६७ जना पुरुष गरी ८२ जना पीडित भएको र गैह्र राज्यका तर्फबाट भएका घटनामा ५ सय ३७ महिला र ८२ पुरुष गरी ६ सय १९ जना पीडित भएको विवरण उल्लेख गरे ।

नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ का लागि पश्चिमाञ्चल क्षेत्रीय कार्यलयले अभिलेखिकरण गरेका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको बारेमा छलफल गरिएको छ । कार्यक्रममा पश्चिमाञ्चल उपक्षेत्रीय प्रशासक गणेश बहादुर अधिकारीले वर्ष पुस्तक प्रकाशन तयारीमा रहेको इन्सेकले आर्थिक सामाजिक विषयसंग सम्बन्धित घटनालाई समेत वर्ष पुस्तकमा विस्तृत रूपमा समेट्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा गण्डकी अंचल प्रहरी कार्यलय पोखराका वरिष्ठ प्रहरी उपरिक्षक महेन्द्र पोखरेलले मानव अधिकार प्रदान गर्ने क्रममा राज्य कुन ठाउँमा कमजोर भएर सेवा प्रदान गरिरहेको छ र जनताले सेवा पाएका छैनन् भन्ने बारेमा पनि समेट्नुपर्ने बताए ।

कमेन्टहरु
Loading...