पश्चिमाञ्चल होटल संघको अध्यक्षमा हरि शर्मा

पोखरा, २३ मंसिर ः पश्चिमाञ्चल होटल संघ पोखराको शुक्रवार सम्पन्न दोश्रो अधिवेशनबाट हरिप्रसाद शर्मा गैह्रे अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि संघको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । शर्मा पोखरा भिलेज रिसोर्टका संचालक पनि हुनुहुन्छ । संघको निवर्तमान अध्यक्षमा होटल वाराहीका कार्यकारी निर्देशक विप्लव पौडेल रहनुभएको छ ।
यसैगरी संघको प्रथम उपाध्यक्षमा भरतराज पराजुली निर्वाचित हुनुभएको छ । यसअघि उहाँ संघको द्वितीय उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ होटल पिस प्लाजाका संचालक हुनुहुन्छ । यसअघि महासचिव रहनुभएका विकल तुलाचन द्वितीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ फेयरमाउण्ट होटलका संचालक हुनुहुन्छ । यसैगरी वलराम गिरी तृतीय उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि सचिव रहनुभएका लक्ष्मण सुवेदी महासचिवमा निर्वाचित हुनुभएको छ । उहाँ होटल साकुराका संचालक हुनुहुन्छ । सचिवमा भने गणेशराज पहारी निर्वाचित हुनुभएको छ । उहाँ होटल ट्रोपिकानाका संचालक हुनुहुन्छ । कोषाध्यक्षमा भने भेकेन्द्रकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा धर्मसिंह लामिछाने निर्वाचित हुनुभएको छ । सदस्यहरुमा चुनाव अघि नै स्टार होटलहरुका तर्फबाट दीपक श्रेष्ठ, इव्राहिम शैख, रामेश्वर हुमागार्इँ र अनिल श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । संघ अन्तर्गत रहेका दुई सय ५७ भोट मध्ये एक सय ८५ भोट खसेको थियो । निर्वाचित सदस्यहरुमध्येबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन गरिएको संघले जनाएको छ

कमेन्टहरु
Loading...