पोखराको ड्यामसाइडमा होटल याल्लो प्यागोडा

सुरेन्द्र पौडेल
पोखरा, १ पुस / पोखरा १७ ड्यामसाइडमा होटल याल्लो प्यागोडा सञ्चालनमा आएको छ । ३० करोड रुपैयाँ लगानीमा याल्लो प्यागोडा खुलेको हो । स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित याल्लो प्यागोडा पोखरामा सञ्चालनमा आएको सञ्चालक दिलविकास राज भण्डारीले जानकारी दिए । नेपाल भ्रर्मण वर्ष २०२० लाई लक्षित गरी होटल पूर्ण रुपमा सञ्चालनमा आएको उनले बताए ।

होटलमा ३८ वटा स्तरीय कोठाहरु छन् । २ वटा स्वीट, ८ वटा सुपर डिलक्स र बाँकी डिलक्स कोठा छन् । होटलमा बार, ४ वटा सेमिनार हल, स्पा र रेष्टुरेन्टको सुविधा छ । अण्डरग्राउण्ड पार्किङ सुविधा रहेको होटलमा लिफ्टको व्यवस्था छ । माथिल्लो तलामा स्वीमिङ पुल छ ।

रेष्टुरेन्टमा एकै पटकमा करिब सय जनालाई सेवा प्रदान गरिने प्रवन्धक रामु गिरीले जानकारी दिए । ‘लाइभ किचनको व्यवस्था छ,’ उनले भने । होटलबाट फेवाताल लगायत वरपरको दृश्य प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । ‘हिमालयको दृश्य लामो रेन्जमा हेर्न सकिन्छ,’ गिरीले भने । पोखरा विमानस्थलबाट करिब एक किलोमिटर दुरीमा अवस्थित होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गरिने गिरीले जानकारी दिए ।

माथिल्लो तलामा रहेको हलबाट फेवा ताल, हिमाल, शान्तिस्तुपा लगायत पोखरासहित वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । ग्राउण्ड फ्लोर र माथिल्लो तलामा गरी २ वटा रेष्टुरेन्ट छन् । होटलमा ४ हजारदेखि १० हजार रुपैयाँसम्मका कोठाहरु उपलब्ध छन् ।

बिगत ३५ वर्ष अगाडिदेखि काठमाडौंको जमलमा सेवा प्रदान गर्दै आइरहेको होटल याल्लो प्यागोडाले पोखरामा सेवा विस्तार गरेको हो । छिट्टै चितवनमा पनि सेवा विस्तारको तयारीमा रहेको बताइएको छ । कुनैबेला पर्यटनको मुख्य केन्द्र रहेको ड्यामसाइड पछिल्लो समय केही ओझेलमा परेको छ ।

कमेन्टहरु
Loading...