पोखराको लेकसाइडमा १२ तले होटल, करिब ७० करोडको लगानी

पोखरा, ६ माघ / पोखराको लेकसाइडमा होटल शारा वाइ आइडिया सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली तथा विदेशीको लगानीमा १२ तले भवनमा होटल सञ्चालनमा आएको हो । होटलको गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तले उद्घाटन गरे ।

उनले पर्यटन वर्ष २०२० लाई सफल पार्न गैरआवासीइ नेपाली संघ लागि परेको बताए । उनले पर्यटकलाई तान्न यस्ता होटलहरु पनि आवश्यक भएको बताए ।

होटलमा डिलक्स, सुपर डिलक्स गरेर ६० वटा रुम रहेको होटल शारा बाइ आइडियाका प्रमुख कार्यकारी अधिकृत चक्रपाणि सुबेदीले जानकारी दिए ।

होटलको टपमा दृश्य अवलोकनका लागि टावर, पौडी पोखरी छ । होटलको करिब ७० करोडको लागतमा निमार्ण गरेको उनले बताए ।

कमेन्टहरु
Loading...