माघ १ गते सार्वजनिक बिदा

पोखरा, २५ पुस / गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति (माघ १ गते) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
माघी पर्वको अवसरमा सरकारले बिदाको घोषणा गरेको हो ।

किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् भने थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सरकारले अघिल्लो वर्ष पनि यो प्रदेशमा माघे संक्रान्तिको बिदा दिएको थियो । पृथ्वी जयन्तीको दिन पुस २७ गते बिदा दिन आग्रह गरे पनि गण्डकी सरकारले त्यसबारे कुनै निर्णय गरेको छैन।

गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीको बिदासहित विभिन्न कार्यक्रम घोषणा गरिसकेको छ।

कमेन्टहरु
Loading...