होली खेल्दा कास्कीमा सात जना पक्राउ

पोखरा, ९ चैत/जिल्ला प्रहरी कार्यालय कास्कीले होलीमा उछ्रिखल व्यवहार गर्ने ७ जनालाई पक्राउ गरेको छ ।

होलि पर्वको अवसरमा एक अर्कोको ईच्छा विपरीत जवर्जस्ती रंग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर पानी छ्याप्ने तथा महिला, वालवालिका लगायत बाटोमा हिड्ने व्यक्तिहरुलाई अनावश्यक दुख हैरानी दिनेलाई पक्राउ गरि कार्वावाही गर्ने जिल्ल प्रहरी कार्यालय कास्की प्रहरी निरिक्षक गणेश बहादुर बमले जानकारी दिए ।

पक्राउ परेका ७ जनाले उछ्रिखल व्यवहार प्रर्दशन गरेका कारण पक्राउ गरेको बताए ।

कमेन्टहरु
Loading...