हिमालय रोडिजको तेस्रो सिजनको अडिसनमा पोखरामा के के भयो (भिडियो सहित)

पोखरा, ९ असोज / हिमालय रोडिजको तेस्रो सिजनको चौथो अडिसन पोखरामा सम्पन्न भएको छ । धरान, चितवन र नेपालगञ्ज पछि पोखरामा अडिसन आयोजना गरिएको थियो । अडिसनमा सहभागि हुन देशका विभिन्न स्थानबाट युवाहरुको पोखरामा उत्साहजनक उपस्थिति रहेको थियो ।
रोडिज २ सिजन हेरिसकेपछि सहभागि हुने इच्छा जागेर अडिसनमा सहभागी भएको सहभागिले प्रतिकृया दिए । नेपालमा एडभेन्चर खेल टेलिभिजनमा हेर्न पाउदाँ आफुपनि सहभागी हुन मन लागेको सहभागीले बताए ।

पोखराबाट हिमालय रोडिजमा छनोट भएका अनिमेस शाही पहिलो सिजनमा दोस्रो भएका थिए । भने दास्रो सिजनमा पोखरा बाटै फाइनल पुगेका पिरविर घले तेस्रो भएका थिए । भने अनिश बानिया पाचौ स्थान सम्म पुगेर वाहिरिएका थिए ।

हिमालय टेलिभिजन एचडी बाट प्रसारण हुने नेपालकै पहिलो एडभेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुइ सिजन सफलता पूर्वक सम्पन्न गरिसकेको छ । भदौ २८ गते धराबाट अडिसनको शुरु सुरुगरिएको थियो, भने असोज ९ गते काठमाण्डको नेपाल कजेजमा अन्तिम अडिसन हुने छ ।

अडिसनबाट छनोट भएका प्रतिश्प्रर्धीले सेलिब्रेटी ग्याङ लिडरमा सहभागी हुने छन् । र खेलमा सहभागि हुने छन् । पहिलो र दोस्रो सिजनमा जज रहेका रेमनदाश श्रेष्ठ तेस्रो सिजनमा होस्ट रहने छन् । ग्याङ लिडरमा आशिस राना ‘लाउरे’, दीया मास्के, समन श्रेष्ठ र नायक अनुपविक्रम शाही रहेका छन् । हिमालय रोडिजको पहिलो सिजनमा समन श्रेष्ठ र दास्रो सिजनमा आयुष क्षेष्ठ विजेता बनेका थिए ।

कमेन्टहरु
Loading...