हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई स्वागत

पोखरा, २९ पुस /पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । नीजि स्तरबाट सञ्चालित म्यानेजमेन्ट कलेजले विद्यार्थीहरुलाई विषेश कार्यक्रम गरि स्वाग गरेका हुन् ।

कार्यक्रममा क्याम्पस प्रमुख हरि कार्कीले स्वागत गर्दै बिबिएसमा नै बिबिए सरहको पढाई हुने भन्दै हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराको नम्बर वान कलेज भएको दाबी गरे । ‘अरु कुरामा पनि नम्बर वान बनाउँन कलेजको विद्यार्थीहरुले सहयोगी भुमिका निभाउनु पर्छ,’ उनले भने ।

क्याम्पसका म्यानेजिङ डिरेक्टर सुदनकुमार मुल्मी, विद्यार्थीहरु सुशिला सुवेदी, प्रेम थापा मगर लगाएतले शुभकामना दिएका छन् । विद्यार्थीहरुले कलेजको तर्फबाट उपलब्ध गराउनुपर्ने सम्पूर्ण पूर्वाधार पुरा गराएको बताएका थिए । आगामी दिनमा आवश्यक हुने पूर्वाधार गर्नेमा आशावादी रहेको अपेक्षा प्रकट गरे ।

कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक प्रमुख प्रदिप खनाल र क्याम्पसका इन्चार्ज मनिप्रसाद डुम्रेले गरेका थिए । विद्यार्थीहरुलाई कलेजको लोगो पनि वितरण गरेका थियो । सोही कार्यक्रममा हिलसाइड बोर्डिङ स्कुलका अध्यक्ष पिताम्बर अधिकारी तथा म्यानेजिङ डिरेक्टर लिला पराजुलीले कलेजलाई शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...