सुनको मूल्य २ सय ५० ले घट्यो

३ जेठ, काठमाडौं । सुनको मूल्य घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । आज सुनको मूल्य प्रतितोला २ सय ५० रुपैयाँले घटेर ४९ हजार ७ सय ५० मा झरेको छ । बिहीबार सुन मूल्य १२ सय रुपैयाँ घटेको थियो ।gold

६३ हजार रुपैयाँ पुगेको सुन मूल्य घट्दै ४९ हजार ५ सयसम्म झरेर पुनः केही वृद्धि भएको थियो । पछिल्लो समय पुन: घट्ने क्रम देखिएको छ । ऋण संकटमा रहेका यूरोपेली मुलुकले ठूलो परिमाणले सुन बिक्री गर्ने घोषणा गर्ने सम्भावनाका समाचार सार्वजनिक भएपछि सुनको मूल्य घट्न थालेको हो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/71794/#sthash.XjBVaehh.dpuf

कमेन्टहरु
Loading...