पत्रकारको उपचारका लागि गण्डकी मेडिकल कलेजमा विशेष छुट, सम्झौतापत्रमा हस्ताक्षर

पोखरा ४ असार/ पोखराको पृथ्बीचोक स्थित गण्डकी मेडिकल कलेज (जिएमसी) ले पत्रकारको उपचारका लागि विशेष छुट दिने सम्झौत भएको छ । गण्डकी मेडिकल कलेज र नेपाल पत्रकार महासंघ कास्कीविच आईतवार पत्रकारको उपचारको लागि विशेष छुट सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार खनाल र पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । जस अनुसार अस्पतालको विभिन्न सेवामा पत्रकारका लागि ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट दिइनेछ । सम्झौता अनुसार ल्याव टेष्ट २५ प्रतिशत, यू एस जी एक्स रे २० प्रतिशत , ओटी चार्ज २० प्रतिशत, जेनरशल बेड निशुल्क, फार्मेसीमा ५ प्रतिशत , ओपिडी र इमर्जेन्सी टिकटमा ५० प्रतिशत, डेन्टल चार्ज ५ प्रतिशत, क्याविन बेड चार्ज ५० प्रतिशत , सिटी , एमआरआई ५ प्रतिशत र इसिजी, इन्डोस्कोपी, क्लोनोस्कोपी र इकोमा ५ प्रतिशत छुट दिइने उल्लेख छ ।

छुट लिनको लागि पत्रकार महासंघको परिचयपत्र अनिवार्य हुने सम्झौतामा उल्लेख छ । पत्रकार महासंघ कास्कीले सम्झौता गरे पनि देश भरका पत्रकारलाई सम्झौता लागु हुने अस्पताले जनाएको छ । पत्रकारले सम्झौता भएको मिति आइतबार देखि २०७५ असार ३ गतेसम्म छुट प्राप्त गर्नेछन् । सम्झौता समाप्त भएपछि दुबै संस्थाको नियम अनुसार सहमतिमा नविकरण गर्न सकिने उल्लेख गरिएको छ ।

सम्झौता अनुसार पत्रकारलाई दिने छुट प्याकेज उपलब्ध गराउने सम्बन्धमा अस्पतालले छुट्टै सफ्टवयर तयार गर्ने तथा अस्पतालका सबै कर्मचारीलाई सम्झौता वारे जानकारी गराइ सहज सेवा प्राप्त गर्ने वाताबरण बनाउने प्रमुख कार्यकारी अधिकृत खनालले बताए । तीन सय शैयाबाट सेवा सुरु गरेको गण्डकी मेडिकल कलेजमा हाल साढे पाँच सय शैया छ । जस मध्ये २० शैयाको आइसियु, पाँच शैयाको एसआईसियु, १० शैयाको पोष्ट अपरेटिभ वार्ड , ८ शैयाको पिआईसियु, २१ शैयाको एन्आइसियु तथा ४४ शैयाको विशिष्ट क्याविन छ ।

हाल अस्पतालबाट दैनिक ७ देखि ८ सय जनाले बहिरङ्ग र साढे दुई सय देखि साढे तीन सय सम्म अन्तरङ्ग विभागबाट विरामीले सेवा लिइरहेको कार्यकारी अधिकृत खनालले जानकारी दिए । गण्डकी मेडिकल कलेजबाट सन् २०१० देखि प्रत्येक बर्ष ७५ जना बिद्यार्थी एमबिबिएस पढ्दै आएकोमा पहिलो ब्याचका ७५ बिद्यार्थी अन्तिम बर्षको परिक्षामा उत्र्तिण भई दोस्रो बर्षका ६० जना इन्टरशिप गरिरहेको अस्पतालले जनाएको छ ।

मेडिकल कलेजमा यहि शैक्षिक बर्षदेखि एकबिबिएस, बिडिएस, बिएससी नर्सिङ, बिएन, बिपिएच, बिएससी एमएलटी र बिएससी एमआईटीको पढाई भैरहेको खनालले बताए । सम्झौतापत्रमा हस्ताक्षर पछि पत्रकार महासंघ कास्कीका अध्यक्ष श्रेष्ठले सम्झौताले पत्रकारको उपचारको लागि सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।

कमेन्टहरु
Loading...