पोखरामा ग्यास कालो बजारी गरेको आरोपमा एक जना पक्राउ

पोखरा, १५ जेठ/वडा प्रहरी कार्यालय बैदामले ग्यासको कालो बजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पोखरा चिप्लेढुगाबाट १९ वटा भरि सिलिण्डर सहित सन्चालकलाई पक्राउ गरेको हो । चिप्लेढुगामा रहेको एच एस स्टोरमा छापा मार्दा १९ वटा भरि सिलिण्डर फेलापरोको वैदामका प्रहरी प्रमुख मोहनमणी अधिकारीले जानकारी दिए ।

उनले सन्चालक हरी प्रसाद सिवाकोटीलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जानकारी दिए । सिवाकोटीले बढि मुल्यमा ग्यास बेचेको आरोपमा प्रहरीमा उजुरी परे पछि प्रहरीले छापामारेको हो ।

कमेन्टहरु
Loading...