गरिमा विकास बैंकको र शुभेच्छा विकास बैंक गाभ्ने प्रस्ताब पारित

पोखरा, ३१ असार /पोखराको गरिमा विकास बैंक लिमिटेडको विशेष साधारण सभाले चितवनको नारायणगढमा प्रधान कार्यालय रहेको शुभेच्छा विकास बैंक लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडमा गाभ्ने विशेष प्रस्ताव पारित गरेको छ ।

गरिमा विकास बैंक लिमिटेड, राष्टियस्तरको “ख” वर्गको विकास बैंक हो भने शुभेच्छा विकास बैंक लिमिटेड १–३ जिल्लास्तर कार्यक्षेत्र रहेको “ख” वर्गको विकास बैंक हो । हाल गरिमा विकास बैंक लिमिटेडको चुक्ता पूँजी ८५ करोड ३२ लाख रुपैयाँ र शुभेच्छा विकास बैंक लिमिटेडको चुक्ता पूँजी २२ करोड ७३ लाख ११ हजार ५ सय आठ रुपैयाँ रहेको छ ।

garima bikas bank, गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेड

गाभिएपछि गाभिएर बन्ने विकास बैंकको चुक्ता पूँजी एक अर्व आठ करोड पाँच लाख एघार हजार पाँच सय आठ पुग्नेछ । गाभिएर बन्ने विकास बैंकको एउटा एक्स्टेन्सन काउण्टर समेत ३७ वटा शाखा कार्यालय हुनेछन् भने निक्षेप करिव ११ अर्व ५० करोड र लगानीमा रहेको कर्जा करिव १० अर्व ५० करोड भन्दा बढि हुन अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

दुई विकास बैकहरु एकआपसमा गाभिँदा शेयर आदान प्रदान अनुपात एक बराबर एक कायम गर्ने तथा गाभिएर बन्ने विकास बैंकको नाम गरिमा विकास बैंक रहने विशेष प्रस्तावहरु समेत विशेष साधारण सभाबाट पारित भएको छ । साधारण सभाले विकास बैंकको केन्द्रीय कार्यालय पोखरा–९, महेन्द्रपुलबाट काठमाण्डौ लाजिम्पाटमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

कमेन्टहरु
Loading...