फोर्स मोटर्सको निःशुल्क सर्भिस क्याम्प पोखरामा

पोखरा, १३ चैत /फोर्स मोटर्सको सर्भिस क्याम्प पोखरामा सुरु भएको छ । आइतबार सुरु क्याम्प मंगलबारसम्म जारी रहनेछ । भारतको प्रसिद्घ कम्पनी र्फोस मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. पोखरा बुद्धचोकले क्याम्प आयोजना गरेको हो ।

क्याम्प अबधिभर फोर्सका सम्पूर्ण सवारीको निःशुल्क परीक्षण तथा सर्भिसिङ गरिने आयाम पोखराका शाखा प्रबन्धक निरन केसीले जानकारी दिए । ‘लेबरचार्जमा पनि पूर्ण छुट गरिएको छ,’ उनले भने, ‘फोर्सका ग्राहकको सुविधालाई मध्यनजर गरी क्याम्प आयोजना भएको हो ।’

फोर्सका स्पेयर्स पार्टस् र मोबिलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको केसीले जानकारी दिए । बुद्धचोकमा फोर्सको शोरुममै क्याम्प सञ्चालन भइरहेको छ । पहिलो दिन आइतबार क्याम्प अबधिभर फोर्सका सवारीको निःशुल्क परीक्षण गर्न ग्राहकहरुको भिड लागेको केसीले बताए । ‘सोमबार र मंगलबार पनि ग्राहकको भिड लाग्ने हाम्रो विश्वास छ,’ उनले भने ।
फोर्सले हालै पोखरामा पहिलो पटक व्यावसायिक प्रयोजनका लागि १३ सिटे यात्रुबहाक बस पोखरामा भित्र्याएको थियो ।

आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. फोर्स मोटर्सको साना हलुका सवारीसाधनको आधिकारिक आयत तथा बिक्री कर्ता हो । साथै प्राइम अटो टेक प्रा.लि. काठमाडौंले आयात गर्ने र्फोस मोटर्सका बसहरुको गण्डकी र धौलागिरीका लागि आधिकारिक बिक्रेता समेत हो । आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले सबैभन्दा बढी १४ सिट क्षमता भएको क्रुजर लगायत गामा जिप, कार्गो किङ पिकअप, ट्रम्प फोर्टी डेलिभरी भ्यान जस्ता गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रा.लि.को मुख्य कार्यालय गैरीधारा काठमाडौं र शाखा कार्यालय बुद्घचोक पोखरामा छ । यसका सब डिलरहरु, सिद्घार्थ अटो टे«डिङ झापा, के.आर. अटोमोबाइल्स बिराटनगर, मास ग्लोबल मोट्र्स राजविराज, सिद्घान्त अटोमोबाइल्स जनकपुर, रियान मोर्टस चितवन छन् ।

कमेन्टहरु
Loading...