पोखरा कपमा आरसिटि र हिमालयन भिड्दै

पोखरा, १७ काक्तिक /दोस्रो सफल पोखरा कपको पहिलो चरणको अन्तिम खेलमा आज आरसिटि र यति हिमालयन शेर्पा भिड्दै छन् । यि दुई विचको विजेताले बंगलादेशको टोली सगँ खेल्ने छ । केहि दिन पहिले काठमाडौमा भएको एनसेल फुटबल प्रतियोगितामा आरसिटिले हिमालयनलाई हराएको थियो ।

त्यही हारको बदला लिने सुरुमा हिमालनय छ भने आरसिटि विजयी यात्रा कायम गर्न मैदान उत्रिदै छन् । यि दुबै टिम सफल पोखरा कपमा अघिल्लो पटक पनि खेलेका थिए । अघिल्लो सफल पोखरा कपमा हिमालयनले एनआरटीलाई र आरसिटिले नेपाल पुलिसलाई हराउदै क्वाटर फाइलनमा प्रबेश गरेका थिए ।

पोखरा रंगशालामा दिऊसो २ बजेबाट खेल शुरु हुने प्रतियोगिता संयोजक गोपी भट्टरार्ईले जानकारी दिए । हिजो भएको प्रतियोगितामा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई २ — १ ले हराउदै क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

कमेन्टहरु
Loading...