पाँच तोलाको सुनको सिक्री लुट्ने पक्राउ

पोखरा, २७ वैशाख /आइतबार साझँ पोखरा ९ न्यूरोडको एक होटलबाट सुनको सिक्री लुट्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कास्कीको पुरन्चौर घर भई पोखरा ९ न्यूरोड बस्ने बर्ष ३१ को सुर्य बहादुर नेपालीलाई पाँच तोलाको सिक्री सहित पक्राउ गरेको हो ।

आइतबार बेलुका ८ बजे तिर आफ्नै होटल बसेकी ८६ वर्षिय मन कुमारी भट्टचनलाई बाहिर बोलाएर विकले सिक्री लुटेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सोमबार कास्की जिल्ला अदालतबाट जवरजस्ती चोरी मुद्दामा म्याद थप लिई थप अनुसन्धान गरेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...