पोखरामा ४० करोड लगातमा फन पार्क बन्दै

पोखरा, ६ मंसिर / पोखरा महानगरपालिका १७ सीतापाइलामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न फनपार्क बन्ने भएको छ । वैशाख देखि सञ्चालन गर्ने लक्ष्य सहित ‘फिस्टेल ड्रिम फन पार्क’ निर्माणका काम धमाधम भइरहेको छ ।

६५ रोपनी जग्गामा निर्माण भइरहेको पार्कमा करिब ४० करोड रुपैयाँ लगानी हुने पार्कका मार्केटिङ डाइरेक्टर हिराबहादुर केसीले जानकारी दिए ।
पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार गर्दै गरको केसीले बताए ।

फ्रिफल, ५ वटा स्विमिङ पुल, वेव पुल, रोलर कस्टर, १२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिने केसीले जानकारी दिए । सुविधा सम्पन्न रेष्टुरेन्ट पनि बनाइने बताइएको छ ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पार्क सञ्चालनमा ल्याउन लागिएको अपरेसन इन्चार्ज मदनकुमार श्रेष्ठले जानकारी दिए । भारत र चीनबाट सामानहरु आयात गरी पार्क निर्माणको काम धमाधम भइरहेको श्रेष्ठको भनाई छ ।

पोखरामा ४० करोड लगातमा फन पार्क बन्दै
पोखरामा ४० करोड लगातमा फन पार्क बन्दै

‘पोखरामा हामीले पर्यटकीय गतिविधि बढाउन योगदान पु¥याउनेछौं,’ उनले भने, ‘यहाँ आएका पर्यटकले एक दिन सजिलै कटाउन सक्छन् ।’ पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्ने श्रेष्ठले बताए ।

विभिन्न पेशा व्यवसायमा आवद्ध १५ जना व्यवसायीले पार्कमा संयुक्त लगानी गरेका छन् । पार्क सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने केसीले जानकारी दिए ।

‘नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गर्ने तयारी भइरहेको छ,’ केसीले भने, ‘यो पार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’

कमेन्टहरु
Loading...