फेवाताल देखी बेगनासताल सम्म नगरबस सेवा सुरु

सागर राज तिमिल्सिना
पोखरा, ३ जेठ /पोखराको फेवाताल देखी बेगनासताल सम्म नगरबस सेवा सुरु भएको छ । पोखरा बस व्यवसायी समिति र लेखनाथ मिनि माइक्रो बस सेवाले सयुक्त रुपमा फेवाताल बेगनास ताल पर्यटन बस सेवा सुरु गरेका हुन् ।

फेवाताल देखी बेगनासताल सम्म नगरबस सेवा सुरु
फेवाताल देखी बेगनासताल सम्म नगरबस सेवा सुरु

फेवाताल ताल बाराही किनारा र बेगनासतालबाट आदा आदा घण्टामा बस सेवा सन्चालन गर्ने गरि सेवा शुरु गरेको पोखरा बस व्यवसायी समितिका उपाध्यक्ष क्षेत्र रानाले जानकारी दिए । उनले विहान साढे ६ बजे देखी बेलुका ६ बजे सम्म आदाआदा घण्टामा बस सेवा सञ्चालन भएको बताए ।

उनले पोखरा र लेखनाथ बसका चार चार वटा बसले सेवा दिने बताए । फेवाताल देखी बेगनास ताल सम्मको बस भाडा ५० रुपैया तोकिएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पर्यटन व्यवासायीको पहिले देखीको माग बल्ल पुरा भएको बताए । उनले बस सेवाले आन्तिरीक र बाह्यि पर्यटकका लागि टेवा पुग्ने बताए ।

कमेन्टहरु
Loading...