फेवाबजारमा सामन खरिद गर्दा ५० प्रतिशतसम्म छुट

पोखरा, ८ माघ/ फेवाबजार डटकम (fewabazar.com) ईकमर्समा सामान खरिद गर्दा आधा रकमसम्म छुट हुने भएको छ । फेवाबजार डटकम ईकमर्सले ईसेवासँग सहकार्य गरेको उपलक्ष्यमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो । यो अफर माघ ५ गतेदेखि शुरु भएर माघ १७ गतेसम्म जारी रहने फेवाबजार डटकम इमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए ।

फेवाबजार डटकम ईकमर्स र ईसेवा बीच हालैमात्र अनलाइन भुक्तानी सम्झौता भएको हो । सम्झौता लगत्तै इसेवाबाट रकम भुक्तानी गर्नेलाई फेवाबजार डटकम ईकमर्सले ५ प्रशितत क्यासब्याक अफरपनि दिने घोषणा गरेको छ ।

फेवाबजार डटकम ईकमर्समा २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ । फेवाबजारबाट विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, किचन एप्लाइन्सेस, फर्निचर, क्लोथिङ, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, लगेज ट्राभल गियर, स्टेसनरी, ग्रोसरी, कस्मेटिक, मेसिनरी औजार लगायतका सामाग्री अनलाइनमार्फत खरिद गर्न सकिन्छ । खरिदगरिएको सामाग्रकिो होम छिटो र सहज तरिकाले होम डेलिभरी गरिने फेवाबजार डटकम ईकमर्सका प्रबन्धक गोविन्द आचार्यले जानकारी दिए ।

फेवाबजार डटकम ईकमर्स पोखराको दीपचोकबाट शुरु भएको हो । यसले काठमाडौंमा मुख्य कार्यालय सञ्चालनमा ल्याइसकेको छ भने तनहुँको दमौलीमा हालसालैमात्र नया आउटलेट लञ्च गरेको छ । यसअघी फेवाबजार डटकम ईकमर्सले पोखराको लेखनाथ, बाग्लुङ, बेनी, दुलेगौँडा, भिमाद, डुम्रे र काठमाडौंमासमेत आउटलेट सञ्चालन गरेको छ भने नेपालभर होम डेलिभरको सेवा दिदै आएको छ ।

फेवा बजारले प्राप्त आम्दानीको केहि अंश सामाजिक कार्यमा लगाउने घोषणा गरिसकेको छ । जस अनुसार स्कुलमा कापी कलम वितरणदेखि छात्रवृत्ति वितरणलगायतका कार्यहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...